२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य‘जेष्ठ नागरिकलाई क्रियाशील बनाउनाले उनीहरुको स्वास्थ्य अवस्था राम्रो हुन्छ’

‘जेष्ठ नागरिकलाई क्रियाशील बनाउनाले उनीहरुको स्वास्थ्य अवस्था राम्रो हुन्छ’


डा. लोचना श्रेष्ठ सानेपास्थित स्टार अस्पतालकी जेष्ठ नागरिक विभाग प्रमुख हुन् । भारतबाट जेरियाट्रिक फेलोसीप गरेकी उनका जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धि धेरै अनुसन्धानमूलक लेखहरु समेत प्रकाशित छन् । लामो समयदेखि जेष्ठ नागरिक स्वास्थ्य उपचारमा संलग्न उनीसँग हेल्थआवाजले गरेको संवादः

जेष्ठ नागरिक केयरअन्तर्गत के के कुराहरु पर्छन् ?
६५ वर्षमाथिका जेष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धि सबै उपचार ज्येष्ठ नागरिक केयरअन्तर्गत पर्छन् । जेष्ठ नागरिकहरुको शरीरको भएको सबै प्रकारका समस्याहरु जस्तैः मेमोरी लस हुनु, टाउको दुख्नु, बिर्सिने रोगदेखि नाक कान घाँटीमा भएको समस्याहरु जस्तै धेरै जस्तो वृद्धवृद्धालाई खानामा अरुची हुनेसम्मका समस्या देखिन्छन् । केहीलाई खान मन हुन्छ, केही खाना निल्न सक्दैनन् । कुनैलाई श्वासप्रश्वास सम्बन्धि समस्याहरु भएको हुन सक्छ । कसैमा दिशा—पिसाबमा समस्या, पाचनमा समस्या, हाड र जोर्नीको समस्या भएको हुन सक्छ । जेष्ठ नागरिकसँग सम्बन्धित ती सबै समस्या एकै ठाउँमा जेष्ठ नागरिक केयरअन्तर्गत गरिन्छ ।

जेष्ठ नागरिकमा सबैभन्दा धेरै देखिने समस्याहरु के हुन् ?
नेपालमा अहिले धेरै देखिने समस्या मा श्वासप्रश्वासमा समस्या हुनुको साथै खानामा अरुची हुने, दिसामा समस्या हुनुका साथै अहिले बिर्सिने समस्याहरु बढी मात्रामा देखिएको थियो ।

के कारणले गर्दा यस्ता समस्याहरु बढदैं गइरहेको छन् ?
पछिल्लो समयमा जेष्ठ नागरिकको संख्या वृद्धि हुँदै गएपछि पनि यो समस्या बढ्ेको हो । साथै, हाम्रा डाइगोनोस्टिक टुल्सहरु राम्रो भए छन्, स्वास्थ्य समस्याका भएका बिरामीहरु सम्पर्कमा आएको हुनाले पनि यो समस्याहरु धेरै देखिएको हो । पहिला—पहिला बिरामीहरु सम्पर्कमा नै आउँदैन्थे । यस्ता समस्याहरु देखाउनु हुँदैन, सामान्य हो भनेर घरमै बस्ने भएकाले पनि त्यो बेला यस्ता समस्या भएपनि अस्पतालसम्म पुग्दैन्थे ।

वृद्धवृद्धामा देखिने यस्ता स्वास्थ्य समस्याहरु उपचारबाट समाधन गर्न सकिन्छ ?
यीमध्ये समस्याहरु उपचारबाट सामाधान हुन्छन् । जस्तैः पिसाब सम्बन्धी समस्याहरु छ भने धेरै पानी पिएर, सागपात पर्याप्त मात्रामा खायौं भने राहत मिल्छ । आफूलाई चाहिने ब्यालेन्स डाइट समयमा खाएर व्यायाम नियमित गरियो भने यस्ता समस्याहरु हराउँदै जान्छन् । आफनो काममा व्यस्त भएर जागरका साथ काम गर्दा काममा लाग्दा जेष्ठ नागरिकहरुलाई फाइदा हुन्छ । काम गर्ने मन हुनुपर्छ, बुढेसकालमा आफुले केही गर्न सकिन भन्नुभन्दा आफूले जानेको काम गर्दै र अरुलाई सिकाउँदै गयौं भने पनि राम्रो हुन्छ ।

मानिसको शरीर मात्रै न बुढो हुने हो । आफूमा भएको ज्ञान कहिले पनि बुढो हुँदैन् भनेर जेष्ठ नागरिकहरुलाई सम्झायौं भने उनीहरु क्षमताले कहिल्यै पनि बुढो हुँदैनन् । त्यस्तो धेरै अनुसन्धानहरुले पनि देखाएको छ । आफू बुढो भए भनेर बस्ने मानिहरुको स्वास्थ्य कमजोर भएर बेड्मा बस्नुपर्ने अवस्था आउन सक्छ । त्यसकारण हामीले यो शरीरका सबै अंगलाई चलाउँदै जानुपर्छ । किनभने, जस्तैः गाडीलाई चलाई राख्यो भने त्यो राम्रोसँग चल्छ चलाएन भने त्यो बिस्तारै बिग्रिदै जान्छ । हाम्रो शरीर पनि त्यस्तै हो । उमेर जति बढ्दै जान्छ, हाम्रा सेल्सहरु डेथ हुँदै जान्छन् । त्यसैले हामीमा भएका सेल्सलाई एक्टीभ गराएर राख्नुपर्छ ।

हामीले वृद्धवृद्धाको कुन—कुन पक्षमा बढी ध्यान दिनुपर्छ ?
यसमा उनीहरुलाई आवश्यक सन्तुलित खाना, त्यहीअनुसारको व्यायाम गराइने हिड्डुल गराइ राख्ने, उनीहरुलाई विभिन्न कुरामा भाग लिनका लागि प्रेरित गर्ने, उनीहरुको खानामा खानामा रुचि बढाउँदैं जानुपर्छ । एकातर्फ जेष्ठ नागरिकको पाचन शक्ति कमजोर हुँदै गैरहेको हुन्छ, विस्तारै—विस्तारै निल्न पनि सक्दैनन्, अनि खाना खाने इच्छा पनि घट्दै जान्छ । त्यही कारण उनीहरुको खानामा रुचि जगाउने काम गर्नुपर्छ ।

वृद्धवृद्धामा हुने यी समस्याहरु समाधान गर्ने उपायहरु के—के हन् सक्छन् ?
यसमा पहिला—पहिला उनीहरु कस्ता—कस्ता खानेकुरा खान्थे, ती कुराहरुमा हेर्नुपर्छ । उनीहरुको आदत के थियो, अहिले किन यस्तो भयो भनेर बुझनुपर्छ । किन उनीहरु खानामा रुची दिदैनन्, के उनीहरुले खाने खाना अहिले नभएको या ल्याइदिने मान्छे नभएर हो कि ? । कसैले उसलाई महत्व नदिएर हो कि ? उनीहरुले पहिला खाने खानाजस्तै उनीहरुलाई खाना खुवाउनुप¥यो । यस्ता समस्या भएका बिरामीहरु हामी कहाँ आयो भने सबै कुरा खाइरहेका हुन्छन् । त्यसको अर्थ उनीहरुलार्इृ घरमा एउटै प्रकारको खाना दिएको हुँदा अरु खानामा इच्छा नगएको भन्न सकिन्छ ।

तपाईंकोमा खानापानको समस्याबाहेक अरु के कस्ता समस्याहरु भएका बढी आउँछन् ? यसबाहेक सबैभन्दा धेरै हिडडुलको समस्याहरु पनि आउउँछ । दिशा पिसाव गर्न जान पनि अरुमा निर्भर हुनेजस्ता समस्याहरु पनि आउँछन् । कुनै कुरामा पनि एक्टीभल्ली समाबेस नहुने र सुस्त रुपले बस्नेजस्ता समस्याहरु पनि आउने गर्छन् ।

मेडिकल औषधी दिनेबाहेक कुन—कुन तरिकाले जेष्ठ नागरिकका स्वास्थ्य समस्या हल गर्न सकिन्छ ?
मेडिकल उपचारबाहेक उनीहरुलाई परामर्श सेवा पनि दिन्छौं । उनीहरुको समस्यालाई लिएर परामर्श दिने गर्छौ भने डाइट दिनुको साथै खानालाई पनि प्याकेजमा राख्ने गर्छौ । समग्रमा भन्नुपर्दा हामीहरु उनीहरुको जीवनशैलीमा बढी ध्यान दिएर काम गर्छौ । साथै, डायटिसियनसँग उनीहरुले खाएको कुराहरुको बारेमा पनि जानकारी लिइराखेका हुन्छौं । उनीहरुको खाना पनि म अवलोकन गरिराखेकी हुन्छु, उनीहरुले के खाए वा के खाएनन् भनेर । यी सबै कुराहरु सिकाएर निको भएपछि उनीहरु परिवारसँग गएर राम्रो जीवनयापन गर्न सक्छन् ।

जेष्ठ नागरिक भएका घरका मानिसहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
जेष्ठ नागरिकहरुमा हुने शारीरिक र मानसिक परिवर्तन उनीहरुको उमेरले मात्र हुँदैन्, त्यसको पछाडि धेरै कारणहरु हुन्छन् । ती कारणहरु बुझेर त्यहीअनुसारको व्यवहार गरे भने राम्रो हुन्छ । उनीहरुलाई बुझाउन सकिएन भने यहाँ ल्याउन सक्छन् ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ