२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिनावारी रोकिएपछि के हुन्छ ? किन संवेदनशील मानिन्छ ?

महिनावारी रोकिएपछि के हुन्छ ? किन संवेदनशील मानिन्छ ?


महिनावारी सुरु भएजस्तै महिनावारी रोकिनु पनि महिलाहरुको एक सामान्य शारीरिक प्रक्रिया हो । यो एक समय हो, जब महिलामा अण्डाशयले हर्मोन उत्पादन गर्न बन्द गर्छ, तब महिनावारी रोकिन्छ ।

सामान्यतयाः यो लगभग ५० वर्षमा हुन्छ । महिलाहरुलाई १२ महिनासम्म महिनावारी नभएको समयलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ । ४० वर्षको उमेर नपुग्दै महिनावारी बन्द हुँदा महिलालाई समयपूर्व रजोनिवृत्ति भएको भनिन्छ ।

जब महिलाहरु ५० वर्ष नाघेपछि मात्र महिनावारी रोकिन्छ, तब त्यसलाई ढिलो रजनोवृत्ति भनिन्छ । रजोनिवृत्ति हुनु भनेको गर्भधारण गर्ने सम्भावना सधैंका लागि समाप्त हुनु हो ।

रजोनिवृत्तिका लक्षणहरु

  • चिडचिडापन हुनु
  • योनीमा सुख्खापन हुनु
  • भावनात्मक परिवर्तनहरु आउनु
  • अनिन्द्रा हुनु
  • छाला, आँखा वा मुख सुख्खा हुनु
  • तौल बढ्नु
  • कपाल झर्नु
  • जोर्नी र मासंपेशी दुख्नु
  • कामवासना कम हुनु
  • बारम्बार योनी र मूत्र संक्रमण

रजोनिवृत्तिको व्यवस्थापन कसरी गर्ने ?

  • नन हर्मोन थेरापी लिने ।
  • भिटामिन सी, डि, ई क्याल्सियमको सेवन गर्ने ।
  • जीवनशैली परिमार्जन गर्ने ।
  • चिसो पानी पिउने ।
  • कोठाको तापक्रम घटाउने ।
  • नियमित रुपमा व्यायाम गर्ने । जस्तै : सिढी चढ्ने, पुसअप गर्ने, योग/ध्यान अभ्यास गर्ने ।
  • धुम्रपान र रक्सीको सेवन रोक्ने ।
  • कफी पिउन छोड्ने ।
  • योनीमा मोइस्चराइजर वा लुब्रिकेन्टको प्रयोग गर्ने ।
  • सोया प्रोटिनको सेवन गर्ने ।
  • हर्मोनल रिप्लेसमेन्ट थेरापी गर्ने ।

रजोनिवृत्तिका जटिलताहरु

  • ओस्टियोपोरोसिस
  • ह्रदय रोग
  • मूत्राशय र आन्द्रामा विकार
  • अल्जाइमर रोग
  • कमजोर मांसपेशी

परिवार र आफन्तले के गर्ने ?

यो बेलामा महिलामा शारीरिक तथा मानिसक परिवर्तनहरु देखिन्छन् । जसका कारण रजोनिवृत्ति भएका महिलाहरुको कुरा सुन्ने, उनीहरुलाई बुझ्ने र उनीहरुका समस्या सामाधान गर्ने प्रयास परिवारका सदस्यहरुले गर्नुपर्छ । आफन्तहरुले रजोनिवृत्ति भएका महिलाहरुमा सकारात्मक उत्प्रेरणा दिने गर्नुपर्छ ।

यसबाहेक महिलाहरुलाई खुसी बनाउने, उनीहरुलाई योग, बागबगैचाको काममा वा अन्य विभिन्न गतिविधिहरुमा संलग्न गराउनुपर्छ । यसबाहेक उनीहरुको वार्षिक जाँच गर्ने जस्तैः भिटामिन डी को स्तर, क्याल्सियम डेक्सा.स्क्यान, (हड्डीमा काल्सियम को स्तर) मेमोग्राम आदि गराउने कुरामा ध्यान दिनुपर्छ । सबैभन्दा बढी त उनीहरुसँग समय बिताउनुपर्छ ।

प्रस्तुति : भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ