२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सन्जयकुमार यादवको सल्लाहः किन हुन्छ कलेजो खराब ? कसरी बचाउन सकिन्छ ?

डा. सन्जयकुमार यादवको सल्लाहः किन हुन्छ कलेजो खराब ? कसरी बचाउन सकिन्छ ?


काठमाडौं—खानपिन, जीवनशैलीलगायतका यावत कारणले पछिल्लो समय कलेजो बिग्रने समस्यामा पनि आम समस्याका रुपमा देखिदैं गएको छ । चिकित्सकहरुकाअनुसार हेपाटाइटिस, इन्फेक्सन, अत्याधिक मदिरा सेवन, अत्याधिक मात्रामा औषधि सेवनलगायतका कारण कलेजोमा समस्या देखिने गरेको छ ।

कलेजोको शरीरमा ५ सयभन्दा बढी कामहरु गर्ने गरेको कलेजो प्रत्यारोपण सर्जन डा. यादव बताउँछन् । ‘त्यसैले कलेजोलाई फ्याक्टी अफ द ह्युमन वडी पनि भनिन्छन्,’ उनी भन्छन्, ‘हामीले खाएको खानालाई स्टोर गरेर वडीलाई चाहिने आवश्यक फर्ममा तयार गर्ने, हामीले खाइरहेको औषधिहरुलाई ब्रेक डाउन गर्ने, पचाउने, खानामा बडी भएको तत्वलाई भविष्यका लागि स्टोर गरेर राख्नेलगातयका काम गर्छ ।’

कलेजोका कयौं विशेषताहरुमध्ये एउटा प्रमुख विशेषता यो पुनः विकास हुनु हो । ‘कलेजो रि ग्रो गर्ने भएकाले कलेजो बिग्रने सुरुवाती चरणमा केही लक्षण नदेखिन सक्छ,’ उनी थप्छन्, ‘त्यही कारण आफू स्वस्थ रहन र कलेजोलाई स्वस्थ राख्नका लागि नियमित स्वास्थ्य परीक्षण गराइरहन आवश्यक छ ।’

सुरुवाती समयमा कलेजोको खराबीको खासै लक्षण देखिदैंनन् । डा. यादवकाअनुसार ६०—७० प्रतिशत कलेजो बिग्रिसकेपछि जण्डिस, पेटमा पानी बन्ने, वेहोस हुने, लिभर एन्जाइम बढ्नेलगायतका लक्षणहरु देखिन्छन् ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ