गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? डा. सूर्य पराजुली असिसटेन्ट प्रोफेसर, कम्युनिटी मेडिसिन, विराट मेडिकल कलेज शिक्षण अस्पताल बिहीबार, २०७६ कात्तिक १४ गते, १५:११ मा प्रकाशित स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ । शरीरका अरु भागमा पनि फैलन सक्छ । यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुन सक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ । यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ । यो क्यान्सर महिलामा बढी देखिने भएपनि पुरुषमा पनि हुनसक्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सरलाई समयमै पत्ता लगाउन सक्यौ भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै बंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ । यो क्यान्सर छिटो पत्ता लगाउन सक्यो भने बाच्ने सम्भावना ९८ प्रतिशत सम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ । नेपालमा स्तन क्यान्सर ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ । ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ । करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसीका ग्रन्थीलाई निकालेर फालिन्छ । प्यालिएटीभ हेरचाह गर्ने संस्था र प्रबिधि कम छ । ४०—४९ वर्षको उमेर समुहमा यो बढी देखिएको छ । फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ । प्रति वर्ष करिब २०० जना स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्येक वर्ष ५ प्रतिशतले बढी रहेको छ । तर, समुदायमा कैयौं बिरामीहरु पहिचान नभई बसेका छन् । स्तन क्यान्सरको लक्षण र चिन्हहरु के—के हुन सक्छन् ? स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा स्तनको छालामा परिवर्तन देखिएमा स्तनको आकार र बनावटमा परिवर्तन आएमा स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा स्तनमा गाँठो अनुभव भएमा स्तनको मुन्टो वरिपरीको छाला रातो देखिएमा काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा स्तन क्यान्सरको जोखिम कसलाई बढी छ? ढिलो सन्तान जन्माउनेहरु कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि) पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि) स्तनपान कम गराउने बढी चिल्लो बोसोयुक्त खाना खाने चुरोट र अत्याधिक रक्सीको सेवन गर्ने विकिरणको नजिक रहने स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने? स्वयम् स्तन जाँच विधि क्लिनिकल जाँच विधि म्यामोग्राफी जाँच हाई रेजोलुशन भिडियो एक्स रे अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स रे एमआरआई स्तन क्यान्सरको उपचार कस्तो छ? नेपालमा प्राय सबै उपचार बिधि सुरु भइसकेका छन् । तर, महंगीका कारण धेरै नेपालीको पहुँचबाट बाहिर छ । सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोने थेरापी आदि प्रचलित उपचार विधिहरु हुन् । स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ । स्तन क्यान्सरमा के के चुनौतीहरु छन् ? नेपालमा स्तन क्यान्सरको अनिवार्य स्क्रिनिङ कार्यक्रम नहुनु स्तन क्यान्सरको उपचार महँगो हुनु जनचेतनाको कमी हुनु स्तन क्यान्सर रोकथामको लागि के गर्ने ? स्वास्थ्य चेतानामूलक कार्यक्रम स्तन क्यान्सर स्क्रीनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनअनुसार) -२०—३९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि -४०—४९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाँच र त्यसपछि प्रत्येक २—२ वर्षमा म्यामोग्राफी जाँच -५० वर्ष र माथिको उमेरः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच त्यसो भए समयमै स्तन क्यान्सरको पत्ता लगाउन के गर्ने? सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौ । सबैले आफ्नो स्तन आफै जाँच्ने विधि सुरु गरौं । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… जापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ? धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं