गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचन बरिष्ठ हाडजोर्नी विशेषज्ञ | राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं बिहीबार, २०७६ पुस २४ गते, १०:१६ मा प्रकाशित अन्य समयको तुलनामा विशेष गरी जाडो याममा आर्थर्राइटिस—हाड जोर्नीको समस्या बढी मात्रामा देखा पर्दछ । यो समस्या विशेष गरी वृद्ध अवस्था, चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइन गै देखा पर्ने गर्दछ । यस्ता रोगहरूबाट पहिले नै ग्रसित भएका व्यक्तिहरूमा जाडोयाम तथा चिसोको समयमा अन्य समयको तुलनामा बढी नै दुखाइ हुने गर्दछ । जाडोयाममा दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ । यस अर्थमा भन्नु पर्दा यस्ता समस्या व्यक्तिमा चिसोको कारणले नलाग्ने भएतापनि चिसोकै कारणले दुखाइ बढ्ने देखिन्छ । कारण गर्मी याममा पनि व्यक्तिमा दुखाइ हुन्छ । तर, जाडोमा किन बढी दुखाइ हुन्छ त? यो सबैको जिज्ञासाको विषय पनि हुन सक्दछ । गर्मी यामको तुलनामा जाडो याममा चिसोको कारण हाम्रो दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुने गर्दछ । जाडो याममा वायुमण्डलीय दबाव कम हुनुको कारणले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ । जसले गर्दा दुखाइ पनि सहजै हुन जान्छ । जाडो याममा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुने हुनाले पनि दुखाइमा वृद्धि हुन्छ । चिसोको कारणले हातगोडाहरूमा तुलनात्मक रूपमा रक्त सञ्चारमा कमी हुनाले समेत दुखाइ बढ्ने गर्दछ । जाडो याममा दिन छोटो र रात लामो भई सुर्यको किरण पर्ने समय नै छोटिदा शरीरमा भिटामिन—डी को कमी हुँदा पनि हाड जोर्नीको दुखाइ बढ्ने गर्छ । रोकथाम तथा बच्ने उपाय यस्ता समस्याहरू देखा नपरोस भन्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ : शरीर न्यानो हुने कपडा लगाउने । विशेष गरी हातखुट्टा छोप्ने लुगा लगाउने । तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने । शारीरिक रूपमा सक्रिय रहने । शारीरिक व्यायामलाई प्राथमिकता दिने । विशेषगरी घर भित्रै गर्न सकिने व्यायाम गर्ने । विद्युतीय हिटर, तातो पानी आदिले सावधानीपूर्वक दुखाइको भाग सेक्ने । पारिलो घाममा बस्ने । भिटामिन—डी तथा ओमेगा—३ भएका पोषिलो खाने कुरा उचित मात्रामा खाने । माथिल्लो उपायहरूले पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्ने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?