२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अस्मिता भट्टराईको सल्लाहः कसरी बच्ने सिकलसेल एनिमियाबाट

डा. अस्मिता भट्टराईको सल्लाहः कसरी बच्ने सिकलसेल एनिमियाबाट


सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो । हाम्रो रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जीन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ ।

यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर, आमा वा बावु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशानुुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ र त्यसले गाह्रो हुन्छ । त्यसलाई नेपालीमा ‘कालो जन्डिस’ भन्ने गरिएको छ । यसले गर्दा लिभर बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ ।

स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएको व्यक्तिको हँसिया आकारको हुन्छ । सामान्यतयाः सेलको आयु १२० दिनको हुन्छ तर सिकल भएको हँसिया आकारको सेल २१÷२२ दिनको हुन्छ ।

त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ । सिकलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षणहरू देखिन्छन् ।

सिकलसेल एनिमिया किन हुन्छ ?

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ ।

सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एकदेखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ ।

सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिप्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको (विकृत) हुन्छ । यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ ।
एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुँदा सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वपूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्दछ ।

कुन अवस्थामा लाग्न सक्छ ?

सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाइ महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ ।

सिकलसेल भएका व्यक्तिहरुमा शरीरका विभिन्न अंगहरुमा अक्सिजनसहितको रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरुमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्दछ ।
यसकै कारण फोक्सोमा रगत पु¥याउने नलीमा रक्तचाप बढ्दा हृदयघात भई मानिसको मृत्यु समेत हुनसक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने गर्छ ।

कसरी बच्ने ?

सिकलसेल एनिमिया आफैमा निको नहुने रोगहरुमध्येमा पर्दछ । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो ।

कसलाई हुन्छ ?

परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जम्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ । त्यसैले, उनीहरुमा रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त जनचेतना फैलाउन आवश्यक छ ।

उपचार

सिकलसेल पनि कुन खालको छ, त्यो हेरेर निर्मूल पार्ने हो । तर समयमै पहिचान हुन सके यसलाई राम्रोसँग मेन्टेन गर्न सकिन्छ ।
सबै ठाउँमा यसको उपचार हुने भएपनि सरकारी निकायअन्तर्गत १०० प्रतिशत टेस्टिङ वीर अस्पतालमा मात्रै हुन्छ तर सामान्य जाँच भने भेरी अञ्चल अस्पतालमा पनि हुन्छ ।

जटिलताहरू

  • क्वालिटी लाइफ घट्छ ।
  • शरीरका सबै भाग (अंग) मा समस्या हुन्छ ।
  • गर्मीमा अरू रोगले पनि सताउँछन् ।
  • पूरै शरीरमा रगत चाहिन्छ, सिकलसेल भयो भने ड्यामेज हुन्छ ।
  • तुरुन्त मृत्यु हुँदैन तर रगतको कमीले गर्दा मृत्यु हुन सक्छ ।

मलेरिया विभिन्न प्रजातिका हुन्छन् । त्यसमध्यको एक प्लाज्मोडियम फ्याल्सिपेरम एउटा प्रजातिको मलेरिया हो । यो कडा किसिमको हुन्छ । समयमै यसका विरामीले उपचार नपाएको खण्डमा मान्छे मर्न पनि सक्छ । त्यस्तै यसको राम्रोसित उपचार नगरे यो एक व्यक्तिबाट सयौं व्यक्तिमा सजिलै सर्ने गर्छ । प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ ।

वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।

किनभने हँसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ । आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ