२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगके हो इबोला, लक्षण के हुन, कसरी बाँच्न सकिन्छ ?

के हो इबोला, लक्षण के हुन, कसरी बाँच्न सकिन्छ ?


इबोला भाइरसको बारेमा कमै मानिसले सुनेको हुनुपर्छ । यो व्यक्तिमा कम मात्रामा देखिने भाइरस हो । तर, यो भाइरसको संक्रमणपछि भने व्यक्तिको ज्यानै जान सक्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

यो भाइरसको संक्रमणपछि ब्यक्तिमा ज्वरो, शरीरका भागहरु दुख्ने, झाडा लाग्ने र शरीरको भित्री तथा बाहिरी भागहरुमा रक्तस्राव हुने हुन्छ ।

इबोला भाइरस शरीरमा प्रवेश भएको खण्डमा यसले व्यक्तिको शरीरका विभिन्न अंगहरुलाई असर त गर्छ नै, यसबाहेक पनि यसले व्यक्तिको प्रतिरक्षात्मक शक्तिमा पनि ह्रास पु¥याउँछ । यसले हाम्रो शरीरमा भएको रगत जमाउने तत्वको नाश गरिदिन्छ । फलस्वरुपः उच्च मात्रामा रक्तस्राव हुन पुग्दछ ।

हाल इबोला भाइरस भनेर चिनिने यो रोगलाई इबोला हेमो¥यागिक फिभर भनेर पनि चिनिन्छ ।

के हो इबोला भाइरस ?

इबोला भाइरस भाइरसको संक्रमणबाट सर्ने रोग हो । यस भाइरसको शरीरमा प्रवेश भएपश्चात् यसले व्यक्तिमा पाँच प्रकारको लक्षण देखाउने गर्छ । जसमध्ये चार लक्षणहरु शरीरको निम्ति घातक पनि मानिन्छ । यसले व्यक्तिमा ज्वरो देखा परी शरीरका भागहरु दुख्ने, झाडा लाग्ने र शरीरको भित्री तथा बाहिरी भागहरुको प्रायजसो प्रत्येक अंगमा रक्तस्राव हुने हुन्छ ।

संक्रमणको भय

यो सामान्यतया चिसोका भाइरसहरुका कारण लाग्ने गर्दछ । यो व्यक्तिको छालामार्फत शरीरमा प्रवेश गरी यसले सम्पूर्ण शरीरलाई नै हानी पु¥याउने गर्दछ ।

लक्षणहरु

  • उच्च ज्वरो
  • जोर्नी तथा मांसपेशीको दुखाइ
  • घाँटीको दुखाइ
  • कमजोरी तथा थकाइको महसुस हुने
  • पेटको दुखाइ

उपचार

यो रोगको खासै निर्मूलनको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरु यस सम्बन्धि अझै अनुसन्धान गरिरहेका छन् । तसर्थ, हामीे यो रोग लाग्नबाट जति सक्दो सजग रहनुपर्छ ।

रोकथामका उपायहरु

यो रोग जतिसुकै भयानक भएतापनि रोगको भाइरसको प्रत्यक्ष सम्पर्कका कारण मात्रै लाग्ने हुँदा प्रायजसो व्यक्तिमा हत्तपत्त देखा भने पर्दैन । तर, पनि हामी रोग लागिसकेपछि उपचार गर्नेभन्दा रोग नै लाग्न नदिने कुरामा बढी विश्वास गर्ने भएकोले यसबारे हरेक ब्यक्तिले ज्ञान हासिल गर्नु आवश्यक हुन्छ । यो रोगबाट बच्ने उचित उपाय भनेको समयमै यस रोग विरुद्धको खोप दिनु हो । यसैगरी, यो रोगको संक्रमण भए नभएको हामी उपचारको माध्यमबाट पनि थाहा पाउन सक्छौ । र, अन्य उपाय अन्तर्गत जनावरहरुको सम्पर्कबाट टाढा रहदा र यो रोगको बिरामीबाट पनि टाढा रहेर पनि रोगबाट बच्न सकिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ