२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीअब कोरोना प्रभावित देशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने

अब कोरोना प्रभावित देशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने


काठमाडौं–सरकारले कोभिड १९ (कोरोना) नियन्त्रणका लागि कडा भएर जाने निर्णय गरेको छ । शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले कोरोना प्रभावित देशबाट आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हो ।

त्यसैगरी तराईका मुख्य ६ नाका र अन्य ३१ सहायक नाकामा पनि कडाइका साथ स्वास्थ्य जाँच गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनमा पनि कडाइ गरिने भएको छ ।

शनिबार भएको बैठकमा विदेशमा कोरोनाको उपचार वा स्वास्थ्य परिक्षण पूरा भएको ७ दिन कटेको सर्टिफिकेटलाई पनि मान्यता नदिने निर्णय भएको उनले बताए ।

साढे २ महिना अघि चीनबाट फैलिएको कोरोनाको कारण अहिलेसम्म विश्वमा १ लाखभन्दा बढी मानिसमा यो भइरसको संक्रमण देखिएको छ भने ३ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा अहिले सम्म १ जनामा यसको संक्रमण पुष्टी भएको छ । वुहानबाट आएका ती व्यक्ति अहिले संक्रमण मुक्त भइसकेका छन् ।

नेपालमा एक जना बाहेक अन्यमा संक्रमण नदेखिएतापनि छिमेकी देश चीन र भारत दुवै देशमा संक्रमण देखिएपछि नेपाल पनि उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरुले बताउदै आएका छन् ।


क्याटेगोरी : समाचार, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ