२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यमहिलामा हुने म्युसिनस सिस्टएडिनोमा के हो ? लक्षण कस्ता हुन्छन् ? कसरी उपचार गर्ने ?

महिलामा हुने म्युसिनस सिस्टएडिनोमा के हो ? लक्षण कस्ता हुन्छन् ? कसरी उपचार गर्ने ?


महिलाको पाठेघरमा दुई वटा डिम्बासय हुन्छ । इपीथेलियल (डिम्बासयलाई घेरेर राख्ने पत्र)मा हुने एक प्रकारको ट्युमर म्युसिनस सिस्टएडिनोमा हो । यो डिम्बासयमा हुने नफैलने एक प्रकारको ट्युमर हो । तर, यो क्यान्सर भैसकेको अवस्था होइन । म्युसिनस सिस्टएडिनोमा भएपछि क्यान्सर हुने सम्भावना १० देखि १५ प्रतिशतसम्म हुन्छ । यो प्रायः ४० वर्ष काटिसकेका महिलामा बढी हुने गरेको पाइन्छ । यो अवस्थामा पाठेघरमा मासु पलाउँछ, जसको आकार असामान्य रुपमा ठूलो हुन्छ । नेपालको परोपकार प्रसुति गृहमा म्युसिनस सिस्टएडिनोमा भएको महिलाको पाठेघरबाट २० केजीसम्मको मासु निकालिएको छ । विश्वमा ४० केजी तौलसम्मको यो म्युसिनस सिस्टएडिनोमा निकालिएको पाइन्छ ।

लक्षण
म्युसिनस सिस्टएडिनोमाको छुट्टै खाले लक्षण भन्ने हुँदैन । खाना नरुच्ने, दुब्लाउँदै जाने, पेटमा मासु पलाउने, महिनावारी विग्रने, ग्यास्टीक भएजस्तो हुनेलगायतका लक्षण देखिन्छ । तर, यी लक्षण देखिंदैमा म्युसिनस सिस्टएडिनोमा नै भएको हो भन्ने पनि हुँदैन । के भएको हो भन्ने यकिन गर्नका लागि अपरेसन गरेर डिम्बासय जाँच नै गर्नुपर्ने हुन्छ ।

उपचार
यो ट्युमर एउटा अन्डाबाट अर्को अन्डासम्म, पाठेघरसम्म वा अन्य अंगमा फैलिसकेको छ भने रोगीको ज्यानै जान पनि सक्छ । ट्युमर बढेर क्यान्सर भएको छ भने त्यही अनुसार क्यान्सरको उपचार गरिन्छ होइन भने मासु मात्र निकालिन्छ । अप्रेसनपछि मात्र क्यान्सर भएको छ या छैन भन्ने ग्यारेन्टी हुन्छ ।

 

डा. कीर्तिपाल सुवेदी
स्त्री तथा प्रसुती रोग विशेषज्ञ
परोपकार प्रसुती गृह, थापाथली


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ