२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचुरोटको लतबाट छुट्कारा पाउन सकिने यी चार उपाय

चुरोटको लतबाट छुट्कारा पाउन सकिने यी चार उपाय


काठमाडाैं- आजभोलि चुराेट खानेकाे सङ्ख्या दिनानुदिन बढ्दै गएकाे छ । चुराेटले स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुँदा हुँदै पनि कतियपले चुराेटकाे लत छाेड्न सकेका हुँदैनन् ।

चुरोटको लत छुटाउन यी ४ उपाय एकदमै उपयोगी हुने गर्छ ।

पहिलो उपाय

बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने ।

दोस्रो उपाय

जब चुरोट पिउन तलतल लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।

तेस्रो उपाय

चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ । यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।

चौथौ उपाय 

अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।

चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)