२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यजन्मजात शिशुमा देखिने चिनो अर्थात् ‘वर्थ मार्क’

जन्मजात शिशुमा देखिने चिनो अर्थात् ‘वर्थ मार्क’


डा. आरपी चौधरी
बाल शल्यचिकित्सक तथा कार्यकारी निर्देशक
इशान महिला तथा बाल अस्पताल

जन्मजात रुपमा देखा पर्ने शिशुको शरीरको विभिन्न भागमा रहेको दाग वा विशेष संकेतलाई नेपाली समाजमा चिनो वा दाग भन्ने चलन छ । रातो वा निलो रंगमा देखिने यस्ता चिन्हलाई मानिसहरु भगवानको चिनो मान्ने गर्छन् । मेडिकल टर्ममा भने यसलाई ‘वर्थ मार्क’को उपनाम दिइएको छ । आखिर यो के हो त ? के साँच्चै नै यो भगवानको चिनो नै हो त?

नेपाली समाजमा भगवानको चिनो मानिएतापनि ‘वर्थ मार्क’लाई चिकित्सा क्षेत्रमा सामान्य रुपमा लिइन्छ । कुनै पनि शिशुको शरीरमा यस किसिमको चिन्हहरु देखिनु पछाडि विभिन्न कुराको भूमिका रहेको हुन्छ ।

‘वर्थ मार्क’ देखिने कारण

चिकित्सा विज्ञानकाअनुसार कुनै पनि शिशुमा जन्मजातै शरीरको भागमा विभिन्न किसिमका दाग वा चिन्ह देखिनुमा ‘वर्थ डिफेक्ट’ अर्थात् जन्म दोषको मुख्य कारण रहन्छ । कतिपय शिशुहरुको शारीरिक बनावटको विकास हुने क्रममा कहिलेकाहीँ उनीहरुमा विभिन्न समस्याहरु देखा पर्न सक्ने हुन्छ ।

त्यसमध्ये रगतका नशाहरु शरीरभर नफैलिई एकै ठाउँमा रहनु पनि एक हो । कहिलेकाहीँ उनीहरुको शरीरको रक्तनलीहरु शरीरभरि नफैलिई एकै ठाउँमा जम्मा भएर बस्ने हुन्छ । त्यसबेला उनीहरुको शरीरको जुन भागमा नशा नफैलिई एकै ठाउँमा जम्मा भई बसेको हुन्छ, त्यो भागमा ‘वर्थ मार्क’ देखिन्छ । ‘हेमानजोइमा कन्डिसन’ मानिने उक्त अवस्थाको कारण शिशुको शरीरमा उक्त दाग वा वर्थ मार्क देखिने गर्दछ ।

जसलाई हामी भगवानले दिएको चिन्ह सम्झिने गर्दछौं । यस प्रकारका ‘वर्थ मार्क’ सबै शिशुहरुमा भने देखिदैन् । जुन शिशुको शरीरको बनावट बन्ने क्रममा रगत तथा नशाको भागका बनावटी गडबडी देखिएको थियो, त्यस्ता बच्चाहरुमा मात्रै उक्त मार्क देखा पर्दछ ।

यस्तै, कतिपय अवस्थामा ग्रहणका कारण पनि शिशुमा यस्ता चिन्हहरु देखा पर्ने आम मानिसको धारणा रहेको छ । यस धारणामा केही सत्यता रहेको छ । किनकी गर्भवती महिला आफ्नो गर्भको समयमा अन्य समयको तुलनामा शारीरिक र मानसिक दुवै रुपमा संवेदनशील हुन्छिन् । त्यसमा पनि उनीहरुले पहिलो चार महिनाको समयमा भने आफ्नो विशेष ख्याल राख्नुपर्दछ ।

अझ ग्रहणको समयमा विकिरणहरुको प्रभाव विशेष गरेर उनीहरुमा बढी पर्ने भएकोले त्यसबेला सकभर त्यस्ता विकिरणहरुबाट बच्ने प्रयास गर्नुपर्दछ । यसैगरी, यसमा व्यक्तिको वशांणुगत गुणले पनि प्रभाव पार्दछ । तर, यस्ता वशांणुगतका कारण भने कमैलाई मात्र यस्ता समस्या देखा पर्नेहुन्छ ।

रोकथाम तथा उपचार

कुनै पनि शिशुमा जन्मजातै रुपमा देखा पर्ने यस्ता समस्याहरु कतिपय अवस्थामा २ वर्षको उमेरसम्ममा आफै हराएर जाने हुन्छ । कोही कसैको आजीवनसम्म यस्ता दागहरु रहिरहने हुन्छ ।

कतिपय व्यक्तिहरुमा यस्ता दाग वा चिन्हहरु शरीरको प्रस्ट रुपमा नै देख्न सकिने भागहरुमा रहेको हुन्छ । सौन्दर्यताको हिसाबले यो नराम्रो मानिएता पनि यसले व्यक्तिमा भने कुनै पनि किसिमको असर भने पार्दैन । तर, यदि यसले व्यक्तिको सौन्दर्यतामा कुरुपता ल्याइदिएको र असहज सिर्जना गरेको खण्डमा भने शल्यक्रियाको माध्यमद्वारा त्यस्ता दागहरु सजिलै हटाउन सकिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ