२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्भावस्थामा किन हुन्छ उच्च रक्तचाप ?

गर्भावस्थामा किन हुन्छ उच्च रक्तचाप ?


गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण अवस्था हो । यस अवस्थामा जबसम्म बच्चा जन्मिदैन तबसम्म गर्भवती महिला सचेत रहनुपर्छ । गर्भको अवधि २० हप्ता अर्थात् करिब ५ महिना भएपछि रक्तचाप बढ्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ ।

यस किसिमको रक्तचाप गर्भको कारणले वा शालनालको कारणले हुने गर्छ । विशेषगरी १८देखि २२ वर्ष उमेरका महिलाहरुले गर्भाधारण गर्दा उच्च रक्तचाप हुने खतरा हुन्छ । साथै, ३० वर्ष माथि उमेर पुगिसकेका महिलाहरु, पहिलो गर्भावस्थामा रक्तचाप बढी छ भने अर्कोपटक पनि हुने सम्भावना रहन्छ ।

जुम्ल्याहा बच्चा भएकको अवस्थामा पनि रक्तचाप बढ्ने डर हुन्छ । यसका साथै घरका अग्रज सदस्यहरूमा उच्च रक्तचापको समस्या भएका महिलामा गर्भवती हुँदा उच्च रक्तचाप हुने समस्या बढी रहने गर्छ । त्यसैगरी, पहिलोपटक गर्भवती हुने महिलामा यस्तो समस्या बढी मात्रामा देखा पर्ने गर्छ ।

कारण

गर्भावस्थाका बेला शालबाट निस्किने, अथवा शरीरले निकाल्ने हर्मोनको कारणले रक्तचाप बढ्ने गर्दछ । शरीरबाट निस्कने केमिकल्सले गर्दा रगतको नलीहरुको प्रेसर बढ्ने भएकोले रक्तचाप बढ्न जान्छ । गर्भाअवस्थासँग सम्बन्धित रक्तचाप अन्य बेलाको जस्तो खाना र तनावले असर गर्दैन । शालबाट नै निस्कने तत्वहरुले गर्दा रक्तचाप बढ्ने गर्छ ।

असरहरु :-

गर्भावस्थामा हुने उच्च रक्तचापको असर आमा तथा बच्चा दुवैमा पर्ने गर्छ । यस अवस्थामा हुने उच्च रक्तचापको समस्याका कारण बच्चाले राम्रोसँग सर्कुलेसन पाउन सक्दैन । यसले प्रत्यक्ष रूपमा रक्तनलीमा असर गर्ने भएकाले बच्चाले आमाको पेटभित्र आवश्यक मात्रामा पोषकतत्वहरू पाउन सक्दैन । रक्तचापको मात्रा अति नै उच्च भएको अवस्थामा बच्चा खेर जानसमेत सक्छ । साथै, बच्चाको वृद्धि तथा विकास आवश्यक मात्रामा हुन सक्दैन । र

रगतको नलीहरुमा रक्तचाप बढीसके पछि शालको माध्यामबाट बच्चामा जाने रगत संचारलाई असर गर्दछ । बच्चालाई रगतको मात्रा राम्रोसँग  नपुग्ने, बच्चा कम तौंलको निस्किने, रगतको माध्यामबाट बच्चलाई आवश्यक पर्ने पोषण तत्व नपुग्ने हुन्छ । भने आमाको हात खुट्टाहरु सुनिने, टाउको धेरै दुख्ने, बान्ता हुने, पेट फुल्ने, आखा धमिलो देखिने हुन्छ ।

यस्तो समस्या आयो भने समयमै उपचार गर्नु पर्ने हुन्छ । यदि समयमै उपचार पाएन भने आमामा झड्का आउने, एक्कासि बेहोस भएर आमा लड्ने, जस्ले गर्दा श्वासश्वासमा र दिमागमा असर पर्न सक्ने हुन्छ । यसको साथै छाति र फोक्सोमा  पानी  समेत जम्ने हुनसक्छ । यो अबस्थामा पनि राम्रो उपचार पाउन सकेन भने आमाको ज्यानै समेत जान सक्छ । उच्च रक्तचाप तत्काल उपचार चाहिने कन्डिसन मध्यको एक हो ।

बच्ने उपाय :-

उच्च रक्तचाप अथवा गर्भाअवस्थामा हुन सक्ने स्वास्थ्यसम्बन्धी जटिलताहरुबाट बच्न सुरुदेखिनै राम्रो चेकजाँच गर्ने । प्रेसर, हात खुट्टा सुनिएको छ वा छैन ? आँखा धमिलो देखिने अथवा अन्य केहि लक्षण छ छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । साथै निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिने र गर्भवती महिलाले आफ्नो गर्भावस्थाभरमा स्वास्थ्यसँस्था  कम्तीमा ४ पटक गर्भ जाँच गराउनु पर्दछ ।

पहिलो जाँच गर्भ रहेको थाहापाए देखि ४ महिना भित्रमा दोस्रो जाँच ४ देखि ६ महिना भित्रमा तेस्रो जाँच ६ देखि ८ महिना भित्रमा चौथों  जाँच ८ देखि ९ महिना भित्रमा अथवा स्वास्थ्यकार्यकर्तालाई भेट्नु पर्छ भन्ने लागेका बेलामा वा गर्भवती अवस्थाको समयमा कुनै खतराको लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर जाँच गराउनु  पर्दछ।


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ