२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यगर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जागेश्वर गौतमका २२ सुझाव

गर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जागेश्वर गौतमका २२ सुझाव


गर्भवती हुनु आफैमा एक संवेदनशील र महत्वपूर्ण कुरा हो । सर्वप्रथम कुनै पनि महिलाले गर्भ बोक्नु भनेको के हो त्यो बुझ्न आवश्यक हुन्छ । गर्भवती हुनु एक प्राणबाट अर्काे प्राणलाई जीवन दिनु आफैमा अद्भुतमय तथा आनन्दको पाटो हो । प्राकृतिक रुपमा नै यो देन महिलाहरुलाई प्राप्त छ । त्यही कारण महिलाहरु पुरुषको तुलनामा पृथक छन् ।

महिलाको जीवनमा गर्भावस्थालाई सबभन्दा महत्वपूर्ण अवस्था मानिन्छ । कुनै पनि महिला गर्भवती भई शिशुलाई जन्म दिने प्रक्रिया प्रक्रिया जति आनन्दमय छ, त्यति नै जटिल पनि । गर्भवती हुँदाका दौरानमा महिलाको पाठेघरमा शिशुको विकास हुने भएकोले यस समयमा महिलाको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा अन्य समयको भन्दा बढी संवेदनशील र कमजोर हुन्छ । त्यसकारण यो अवस्थामा महिलाको स्याहार र सुरक्षाको विशेष ध्यान दिनु पर्दछ ।

कुनै पनि शिशुको जन्मपश्चात् उसले हरेक क्रियाकलाप समाजमा नै गर्ने भएकोले महिलाको गर्भावस्था महिला सँगसँगै सम्पूर्ण घर, परिवार, समाज र राष्ट्र सबैसँग सम्बन्धित हुन्छ । तसर्थ हामीले गर्भवती महिलालाई आवश्यक उचित स्याहार सुसार प्रदान गर्नुपर्दछ । गर्भावस्थामा महिलाले उचित स्याहार सुुसार नपाएको खण्डमा शिशुको विकासमा समस्या त देखा पर्छ नै, सँगसँगै यसले गर्भवती महिलामा समेत समस्या देखा पर्न सक्छ । एकपटक गर्भ खेर गएको महिलाको पुनः गर्भ बस्न लामो समय लाग्ने वा नबस्ने पनि हुन सक्छ । यसका साथै गर्भवस्था र सुत्केरी अवस्थामा महिलाको उचित स्याहार सुसारको अभावमा यसले आमा शिशु दुवैमा दीर्घकालीन समस्या देखिन सक्छ । तसर्थ, यस्तो समस्या देखा नपरोस् भन्नको निमित्त निम्न कुरामा विशेष ध्यान दिनुपर्दछ ।

१) सर्वप्रथम कुनै पनि महिला आफ्नै स्वइच्छाले गर्भवती भएको हुनुपर्छ ।
२) नेपालमा उल्लेखित नीतिअनुसार गर्भवती महिलाले २ महिना, ४ मनिा, ६ महिना र ८ महिना गरेर कम्तिमा पनि चार पटक जचाउनु पर्छ । अझ पहिलो ३ महिनामा पनि जचाउँदा आमा शिशु दुवैको निम्ति यो प्रभावकारी र फाइदाजनक हुन पुग्दछ ।
३) डाक्टरको सललाह अनुसार औषधिको सेवन गर्नुपर्छ ।
४) गर्भवतीको दौरानमा विभिन्न समस्या देखा पर्ने भएता पनि महिला खुसी हुनुपर्छ ।
५) गर्भवती महिलाको श्रीमान् र अन्य परिवारको सदस्यको भूमिका गर्भवती महिलाप्रति सकारात्मक हुनुपर्छ ।
६) उचित खानपिन, सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।
७) पर्याप्त आराम गर्ने ।
८) छिटोछिटो तथा थोरै—थोरै गरेर पनि पौष्टिकयुक्त तथा तागतिलो खानाहरु खान प्रयास गर्ने ।
९) पेटभरि खाना खाने ।
१०) सन्तुष्ट रहने ।
११) टिटनाशक औषधिको सुई लगाउने ।
१२) अस्पतालमा जचाउने ।
१३) रगतको जाँच गर्ने ।
१४) प्रेस बढ्ने, शरीर सुन्निने, ज्वरो आएमा, रगत वा पानी बगेको खण्डमा तुरुन्त चिकित्सकको सरसल्लाह लिने ।

शिशुलाई जन्म दिने समय वा जन्म दिइसकेपछि ध्यान दिनुपर्ने कुराहरुः

१५. डेलिभरिको समयमा कुन अस्पताल जाने, कोसंग जाने कुराको निक्यौल गरी आवश्यक रकमको पनि जोहो गर्ने ।
१६. सेवा उपलब्ध अस्पताल वा स्वास्थ्य केन्द्रमा मात्र डेलिभरी गर्ने ।
१७. दुर्गम ठाउँमा स्वास्थ्य संस्थाको अपर्याप्तताका कारण नेपाल सरकारले ३४ जिल्लाबाट निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचार केन्द्रसम्म लैजाने व्यवस्था गरेको छ । उचित स्वास्थ्य केन्द्र नभएको खण्डमा वा यस्ता आवश्यक सुचना सम्बन्धि जानकारी राखी पूर्व व्यवस्था गरी राख्ने ।
१८. आमा शिशु दुवैको निम्ति कपडाको व्यवस्था गर्ने ।
१९. डेलिभर भैसकेपछि शिशुलाई राम्ररी स्तनपान गराउने ।
२०. पर्सनल हाइजिन मेन्टेन गर्ने ।
२१. सुत्केरी अवस्थाको ६ हप्तासम्म गह्रौ सामान नउचाल्ने
२२. ६ हप्ता पुगेपछि आवश्यक परिवार नियोजनको साधनको प्रयोग गर्ने ।


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ