गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, १५:४७ मा प्रकाशित जनकपुरधाम – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित जनकपुरका पत्रकार वीरेन्द्र रमण उपचारपछि कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्रकार रमण कोरोना संक्रमण भएको १८ दिनपछि बिहीबार साझ निको भएर डिस्चार्ज भएका हुन् । जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पत्रकार रमण पहिलो व्यक्ति हुन् । गत वैशाख ३० गते राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैशाख ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । पत्रकार रमणको तेस्रो कोरोना रिपोर्ट निगेटिभ आएपछि उनलाई बिहिबार चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको चिकित्सक रविरञ्जन प्रसादले जानकारी दिए । चिकित्सक रविरञ्जनले पत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको बताए । कोरोना संक्रमण निको भएपछि पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र पत्रकार अजय अनुरागीले उनलाई स्वागत स्वरूप फुलमाला लिएर अस्पताल पुगेका थिए । पत्रकारहरुले आफ्नो स्वेच्छाले कोरोना परीक्षण गराउँदा पत्रकार रमण र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया सुरू मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया सुरू