२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोनालाई जितेर सिरहाबाट ६ जना डिस्चार्ज

कोरोनालाई जितेर सिरहाबाट ६ जना डिस्चार्ज


जनकपुर—कोरोनालाई जितेर ६ जना सिरहाको धनगढीमाई नगरपालिका स्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पताल छपराडिबाट डिस्चार्ज भएका छन् ।

मंगलबार डिस्चार्ज हुनेमा लहान नगरपालिकाका ४ जना कल्याणपुर नगरपालिकाका १ जना र धनगढीमाई नगरपालिकाका १ जना गरी ६ जना डिस्चार्ज भइरहेको कोरोना अस्पतालका इन्चार्ज डा सुवास मण्डलले बताए ।

डा मण्डलका अनुसार उनीहरूको रिपोर्ट तेस्रो पटक लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । संक्रमितहरू जेठ १७ र जेठ २१ गते भर्ना भएका थिए । यससँगै सिरहाबाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । डिस्चार्ज हुने संक्रमितहरू २० वर्षदेखि ४५ वर्षसम्मका छन ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ