२०७८ असार ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड-१९बाट गरुडा नगरका दुई वडा अध्यक्षको मृत्यु

कोभिड-१९बाट गरुडा नगरका दुई वडा अध्यक्षको मृत्यु


धनुषा – कोभिड-१९ संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका वडा –२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।

 संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)