२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध मुद्धा दायर

स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध मुद्धा दायर


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क दिइने स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बिहीबार अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जना विरुद्ध विशेषमा भ्रष्टाचार मुद्धा दायर गरेको अख्तियारका प्रवक्रा नरहरि घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा मिलेमतोमा अनुमान लागत नै तयार नगरेर स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दैं अख्तियार मुद्धा दायर गरेको हो । उसले जस्मिन हाइजिनको ९ लाख ११ हजार ९ सय २५ रुपैयाँ बराबरको स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९ सय २८ रुपैयाँमा खरिद गरेर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।

यो स्यानिटरी खरिदमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन, दाहाल र लक्ष्मी ट्रेडर्सका सप्लायर्स राजविराजका ललिताकुमारी महतोले मिलेमतोमा ८ लाख ७४ हजार रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

गाउँपालिकाले स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन,, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम प्रचलित कानुनी व्यवस्थाको पालना गरेर लागत अनुमान नगरेको अख्तियारको अनुसन्धान देखिएको उल्लेख छ ।

स्यानिटरी प्याड खरिद बिक्रीमा अस्वभाविक मूल्य तिरेर हानी नोक्सानी पु¥याएको भन्दैं अख्तियारले चौधरी, श्याम सुन्दर, श्यामप्रसाद र सुजन दाहाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ञ) बमोजिम ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो कायम गर्न र ऐनअनुसार कैद गर्न माग गरिएको छ । यस्तै, ललिताकुमारी साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ञ) बमोजिम सोही ऐनको दफा २२ बमोजिम मतियार कसुरमा कारवाही गर्न माग गरेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ