२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री

दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री यादवद्वारा वर्थिङ्ग सेन्टरको उद्घाटन


जनकपुरधाम—उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई निर्देशन दिएका छन् । शुक्रबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा नवनिर्मित वर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्वस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको बताए ।

उनले दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए । ‘सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति ब्यवस्थापन गर्छ । गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलावासीको हो,’ उनले भने, ‘मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।’

मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर, राजविराज र वीरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको उल्लेख गरे ।

स्वास्थ्यलगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिदैं उपप्रधानमन्त्री यादवले एमसीसीमार्फत भइरहेको विकास निर्माणको चर्चासमेत गरे ।

युएसइण्डो प्यासिफिक कमाण्ड र युएस एम्बेसीको सहयोगमा करिब ६ करोड रुपैयाँको लागतमा निर्मित ७५ शैय्याको वर्थिङ्ग सेन्टरको शिलान्याससमेत २०१८ नोभेम्बर १९ मा उपप्रधानमन्त्री यादवले नै गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, संघीय स्वास्थ्य सचिव डा. रोशन पोखरेल, अमेरिकी राजदूत डिनआर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डितलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ