२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशआँखा पाक्ने रोग फैलिएपछि नेपालगन्जका विद्यालय तीन दिन बन्द

आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्जका विद्यालय तीन दिन बन्द


काठमाडौं—आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाका क्षेत्रका विद्यालयहरु तीन दिन बन्द हुने भएका छन् । उपमहानगरपालिकाले भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धि प्रकोपका कारण बालिबालिकाहरुमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि साउन २४ गतेदेखि २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए।

बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रति दिन वृद्धि भइरहेकोले उक्त समस्यावाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिए ।

आँखा सम्बन्धि रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ । नेपालगन्जका आँखा अस्पतालहरुमा बिरामीको भिडभाड देखिन्छ ।

भिजन आँखा अस्पताल नेपालगन्जका नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमका अनुसार पछिला दिनहरूमा आँखा पाकेको समस्या लिएर अस्पताल आाउने बिरामीको संख्या बढ्दै गएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ