गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु जीवन लामा बिहीबार, २०८२ मंसीर ४ गते, ११:३७ मा प्रकाशित चरिकोट—मकालु बेस क्याम्प घुम्न पुगेका दोलखा मेलुङ गाउँपालिका–७ का डा. अरुण कार्कीको मृत्यु भएको छ । ४३ वर्षीय डा. कार्कीको लेक लागेर मृत्यु भएको हो । १ मंसिरमा मकालु बेस क्याम्प पुगेका कार्कीको उच्च हिमाली क्षेत्रमा अचानक स्वास्थ्यमा समस्या देखा परेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मकालु बेस क्याम्प नजिकै असहज महसुस भएपछि तत्काल सहयोग नपाउँदा उनको मृत्यु भएको प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको हो । प्रहरीकाअनुसार घटनाबारे जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा घटनास्थलतर्फ खटिएको थियो । उक्त टोलीले ३ मंसिरमा एभरेष्टको हेलिकप्टरमार्फत शव संखुवासभाबाट काठमाडौं पठाएको हो । स्थानीयका अनुसार डा. कार्की जनस्वास्थ्य कार्यालय दोलखाका पूर्वप्रमुख कुमार विक्रम कार्की र मैया कार्कीका छोरा हुन् । डा. अरुण कार्की छाला रोग विशेषज्ञ समेत रहेका जनाइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ७ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान TFN ट्रेण्डिङ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ?