२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु, सर्तक रहन चिकित्सकको आग्रह

बुटवलमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु, सर्तक रहन चिकित्सकको आग्रह


बुटवल – बुटवलमा कोभिड-१९ का कारण तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण बिरामी भई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजनाको सोमबार मृत्यु भएको हो ।

 रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीया महिला, अर्घाखाँची मालारानी ५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका ३ का एकजना पुरुष गरी तीन जनाको मृत्यु भएको  लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । उनका अनुसार  तीनैजनाको एकैदिन मृत्यु भएको हो।

तिलोत्तमाकी महिला चैत्र २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा ज्वरो, दम र निमोनियाको समस्या देखिएको थियो । यस्तै, अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान मृत्यु भएको डा. खनालले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या थियो ।

उता, कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान नै मृत्यु भएको हो । उनमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए ।

मृतकको संख्या बृद्धि हुन थाले पछि सचेत रहन चिकित्सकहरुले सुझाएका छन् । पहिलेकोभन्दा पनि निको हुने दर कम भएकाले सचेत रहन डा. खनालले आग्रह गरे । भारतमा समेत दोस्रो लहर आएकाले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न डाक्टरको सुझाव छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ