२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा झन्डै तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको ‘दोस्रो डोज’

रुपन्देहीमा झन्डै तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको ‘दोस्रो डोज’


बुटवल—रुपन्देहीमा झन्डै तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको ‘दोस्रो डोज’ दिइएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवल, युनिभर्सल मेडिकल साइसेन्स भैरहवा, भिम अस्पताल भैरहवा र देवदह मेडिकल कलेज देवदह समेतमा गरी मंगलबार २ हजार ९ सय १७ जनालाई दोस्रो डोज दिइएको हो ।

पहिलो चरणमा खोप लगाएका फ्रन्टलाइनरका लागि दोस्रो डोज दिइएको छ । दोस्रो डोजका लागि रुपन्देहीका ५ स्थानमा खोप केन्द्र स्थापना गरिएको थियो ।

पहिलो दिन मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १ हजार ८० जनालाई खोप दिइएको छ । त्यस्तै, आम्दामा ५ सय जना, युसिएमयस भैरहवामा ६ सय ७०, भिम अस्पताल भैरहवामा ४ सय ९० जना र देवदह मेडिकल कलेजमा १ सय ७७ जना गरी जम्मा २ हजार ९ सय १७ जनालाई खोप दिइएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
मंगलबार लगाउन छुट भएकाहरुलाई बुधबार समेत लागाइनेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ