२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी

लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी


बुटवल – कोरोना भाइरस संक्रमणको दर उच्च रहेको लुम्बिनी प्रदेशमा नियन्त्रणको प्रयास सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेश अन्तरगतका कोरोना विशेष अस्पतालहरुका लागि रकम उपलव्ध गराउने निणर्य गरेको छ ।

प्रदेश सरकारले १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जनाकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा धागोकारखाना, बोलझुन्डी अस्पताल दाङ र बाँके स्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैंयाका दरले रकम उपलव्ध गराउने निणर्य भएको छ ।

त्यस्तै, भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ रकम उपलव्ध गराइने छ । प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ