२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीमा कोरोना कहर, बेड अभावमा संक्रमितले ज्यान गुमाउँदै

लुम्बिनीमा कोरोना कहर, बेड अभावमा संक्रमितले ज्यान गुमाउँदै


बुटवल—लुम्बिनी प्रदेशको पुरानो र ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा बेड अभावले अर्का एक संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयु बेड नपाएर इमर्जेन्सी वार्ड मै शुक्रबार विहान संक्रमित पुरुषले ज्यान गुमाएका हुन् ।

२४ घण्टादेखि अस्पतालको इमर्जेन्सीमा आईसीयु बेडको प्रतिक्षा गरेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल ११ का ८३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १५ बैशाखमा अस्पताल पु¥याइएको थियो ।

कोरोनाको लक्षण देखिएपछि१५ गते नै स्वाव संकलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएसँग बेडको प्रतिक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतामा राखिएको थियो । उनको शुक्रबार बिहान ९ः२८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणको दर तीव्र भएसँगै फिभर क्लिनिकका साथै इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको छ ।

कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिभर क्लिनिक र इमेर्जेन्सीलाई समेत कोरोनाको उपचारमा प्रयोग गरेको छ ।

यसअघि पनि देवदह नगरपालिकाका एक महिलाको बेड अभावमा फिभर क्लिनिकमै ज्यान गएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ