२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई


बुटवल-लामो राजनीतिक कसरतपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजालले पाएका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको थियो । हाल सामाजिक विकासबाट फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा रिजाललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रीमा नियुक्त गरेका हुन् ।

रिजाल प्युठान क्षेत्र नम्बर १ क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । पहाडी जिल्ला प्युठानले पहिलो पटक मन्त्री पाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)