२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा पिसिआर गर्नेको संख्या बढ्दो, मृत्यु हुने संख्यामा समेत वृद्धि

रुपन्देहीमा पिसिआर गर्नेको संख्या बढ्दो, मृत्यु हुने संख्यामा समेत वृद्धि


बुटवल-रुपन्देहीमा पछिल्लो २४ घण्टामा पिसिआर जाँच गर्नेको संख्या झन्डै दोब्बरले वृद्धि भएको छ । आइतबार ६ सय ९० जनाको पिसिआर परीक्षण भएकोमा सोमबार त्यो सख्या बढेर १ हजार २ सय ८४ पुगेको हो ।

स्वाव परीक्षणमा वृद्धि हुँदा संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । रुपन्देहीमा आइतबार ४ सय ३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । सोमबार त्यो संख्यामा डेढ सयले वृद्धि हुँदै ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको मृत्यु हुने संख्यामा समेत वृद्धि भएको छ । आइतबार ९ जनाको मृत्यु भएको रुपन्देहीमा सोमबार त्यो संख्या बढेर १२ पुगेको छ । पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना र मेडिकल कलेज भैरहवामा गरी १२ जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरमा धेरै संख्यामा संक्रमण देखिएको छ । बुटवलमा मात्र सोमबार २ सय ५१ जना नयाँ कोरोना संक्रमित थपिए । त्यस्तै तिलोत्तमामा १२६ जना, सिद्धार्थनगरमा ९० जना, सैनामैनामा ३२ जना, देवदहमा २० जना, ओमसतियामा १५ जना, कन्चनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी मायादेवी र सुद्धोधनमा ९/९ जना, सियारीमा ८ जना, रोहिणीमा ४ जना, सम्मरीमाईमा २ जना र गैडहवामा १ जना नयाँ संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

कन्ट्याक ट्रेसिङ्ग नहुँदा समेत संक्रमितको संख्यामा तीव्र वृद्धि हुनु गम्भीर संकेत भएको विज्ञहरु बताउँछन् । अन्तिम अवस्थामा मात्र पिसिआर गराउने प्रवृतिका कारण पनि बिरामीको अवस्था गम्भीर हुन सक्ने आशंका गरिएको छ ।

रुपन्देहीमा १३१ जनाले अस्पतालमा र ३९७४ जनाले होम आइसोलेसनमा उपचार गराइरहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ