२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअब अक्सिजन नपाएर संक्रमित बिरामी मर्नुपर्दैन : बुटवल उपमहानगरपालिका

अब अक्सिजन नपाएर संक्रमित बिरामी मर्नुपर्दैन : बुटवल उपमहानगरपालिका


बुटवल – अक्सिजन अभावमा कोभिड-१९ का बिरामीहरुको मृत्यु हुन थालेपछि बुटवल उपमहानगरपालिकाले संक्रमितका लागि नि:शुल्क अक्सिजन सेवा सुरुवात गरेको छ ।

उपमहानगरपालिकाभित्र आइसोलेशनमा रहेका संक्रमितका लागि उपमहानगरले बनाएको आइसोलेशन, होटल आइसोलेशन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भए तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्याउने छन् ।

उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुने गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पु¥याउने गरि नयाँ व्यवस्था गरिएको उनले बताए । ‘यसअघि हामी आर्युवेदिक औषधीसहित घर-घरमा गएका थियौँ । बिरामीको मनोवल उच्च बनाउने काम हामीबाट भएको हो । अहिले अक्सिजनको माग बढी नै छ । त्यसैले यो अभियान चालाएका छौँ । अव अक्सिजन नपाएर संक्रमित मर्नुपर्दैन ।’, उनले भने ।

पहिलो चरणमा एक सय थान सिलिण्डर सहित अक्सिजन बोक्ने गाडी र आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ । त्यस्तै उपमहानगरले होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको प्रमुख सुवेदीले बताए ।

नगरभित्रका संक्रमितका लागि व्यवस्थित रुपमा अक्सिजन पुर्याउन बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा समिति गठन गरी अक्सिजन बैँक स्थापनाको तयारी सुरु भएको थियो । सोही समितिको पहलमा बैँक संचालनमा ल्याइएको छ ।

 


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ