२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँके र रुपन्देहीमा थप ७ जना संक्रमितको मृत्यु, सावधानी अपनाउन चिकित्सकको सुझाव

बाँके र रुपन्देहीमा थप ७ जना संक्रमितको मृत्यु, सावधानी अपनाउन चिकित्सकको सुझाव


बुटवल – रुपन्देही र बाँकेमा गरी थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा कोभिड- १९ का रुपन्देहीका २ जना र बाँकेका ५ जना गरी ७ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बाँकेमा मृत्यु भएका ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका छन् । मृत्यु हुनेमा नेपालगन्ज १२ का ६७ वर्षीय पुरुष, बर्दिया बढैयाताल ७ का ५२ वर्षीय पुरुष, नेपालगन्ज १ का ६४ वर्षीय पुरुष, र नेपालगन्ज १० की ३८ वर्षीया महिलाको रहेको जिल्ला स्वास्थ्य  कार्यालय बाँकेले जनाएको छ ।

यता, रुपन्देहीमा पनि पछिल्लो १२ घण्टामा दुई जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल धांगो कारखानामा उपचाररत २ जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरकाका २ जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल १ का ४८ वर्षीय  पुरुष, र बुटवल ११ कालिकानगरकी ३० वर्षीया महिलाकाको मृत्यु भएको छ । जिल्ला-जिल्लामा मृत्युको संख्या बढ्न थालेसँगै सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ