२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीका अस्पतालहरुमा अक्सिजन अभाव, युसिएमयस भन्छ, ‘अक्सिजनको जोहो आफैं गर्नु’

रुपन्देहीका अस्पतालहरुमा अक्सिजन अभाव, युसिएमयस भन्छ, ‘अक्सिजनको जोहो आफैं गर्नु’


बुटवल-रुपन्देहीका अस्पतालहरुमा अक्सिजको चरम अभाव देखिन थालेको छ । अक्सिजन अभावका कारण कोभिड-१९ का बिरामीले ज्यान गुमाउन थालेका छन् ।

रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा अक्सिजनको अभावमा बुधबार बिहान मात्रै तीन जनाको मृत्यु भएको छ । १५ मिनेट मात्रै अक्सिजन सकिँदा भीममा उपचाररत तीन जनाको ज्यान गएको बताइएको छ ।

युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस (युसिएमयस) भैरहवाले बिरामी आफैले अक्सिजनको व्यवस्थापन गर्न भनेको छ । ‘अस्पतालमा आज मिति २०७८ बैशाख २९ गते दिनको ३ देखि ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने अवस्था रहेको हुँदा त्यसपछि हुन सक्ने भवितव्यलाई मध्यनजर गरी सम्पूर्ण उपचाररत बिरामी पक्षहरुलाई यथाशिघ्र आ-आफ्नो व्यवस्थापन गर्नुहुन अन्यन्त दुखका साथ हार्दिक अनुरोध गर्दछौं ।’,अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यस अघि मंगलबार राति समेत अक्सिजन अभाव देखिएको थियो । अक्सिजन आपूर्तिका लागि सरोकारवाला पक्षसंग अस्पतालले पुन: ध्यानाकर्षण समेत गराएको छ ।

अस्पतालमा उपचाररत बिरामीका लागि दैनिक करिब ७ सयको हाराहारीमा ठूलो अक्सिजन सिलिन्डरको माग रहेको छ । माग बमोजिम आपूर्ति हुन नसक्दा समस्या भैरहेको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा हाल दैनिक झन्डै एक हजार सिलिन्डर आवश्यक हुने गरेको छ । यद्यपी यहाँ झन्डै २ सय सिलिन्डर मात्रै आपूर्ति भएको छ । आपूर्ति कम हुँदा विरामीले समस्या झेल्दै आएका छन् ।

त्यस्तै, मणिग्राममा रहेको क्रिमसन अस्पतालमा एक सय, देवदह मेडिकल कलेजमा ५० पिस सिलिन्डरको माग रहेको भए पनि आपूर्ति हुन सकेको छैन् ।

जिल्लामा अक्सिजन उत्पादन गर्ने चार उद्योग छन् । रुपन्देहीमा रहेका शंकरनगर अक्सिजन प्रा.लि, लुम्बिनी अक्सिजन प्रा.लि, एच ओ अक्सिजन प्रालि, र सिद्धिविनायक अक्सिजन प्रालीले उद्पादन गरिरहेको अक्सिजनले थेग्ने अवस्था छैन् । जिल्लामा झण्डै २ हजार एक सय सिलिन्डर आवश्यक रहेकोमा ७ सय ५ वटा मात्र सिलिन्डर प्रयोगमा रहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ