२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा कोभिड–१९ संक्रमण दर घट्दैं, तीन गुणा बढी संक्रमणमुक्त

रुपन्देहीमा कोभिड–१९ संक्रमण दर घट्दैं, तीन गुणा बढी संक्रमणमुक्त


बुटवल–लुम्बिनी प्रदेशमा कोभिड–१९ संक्रमण उच्च रहेको रुपन्देहीमा पछिल्लो समय संक्रमित हुनेको संख्या घट्दै गएको छ । दैनिक एक हजारको हाराहारीमा कोभिड–१९ संक्रमित रहेको रुपन्देहीमा पछिल्लो समय संक्रमितको संख्या झन्डै डेढ सयमा सिमित हुन थालेको हो ।

जिल्लामा कोभिड–१९बाट संक्रमित हुनेभन्दा संक्रमण जित्नेहरुको संख्या तेब्बर हुन थालेको छ । जिल्ला स्वास्थय कार्यालयको पछिल्लो तथ्यांकअनुसार १ सय ६७ संक्रमित हुँदा ५ सय ३१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । यो संख्या संक्रमितको तीन गुणा भन्दा बढी हो ।

कोभिड–१९ संक्रमणको दोस्रो लहरले निकै प्रभावित भएको रुपन्देहीमा मृत्यु हुने दरमा पनि कमी देखिएको छ । दोस्रो लहरसँगै बैशाख ९ गते ६८ जनामा कोभिड–१९ संक्रमण देखिएको रुपन्देहीमा बैशाख २९ गते संक्रमितको संख्या ९ सय ७ पुगेको थियो ।

केही दिनयता भने संक्रमित थपिने दरमा कमी आएर आइतबार २ सयभन्दा कममा झरेको हो । यता संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या पनि जेठ महिनाको सुरुवातदेखि बढ्दै गएकोले सक्रिय संक्रमितको संख्या पनि घटदै गएको छ ।

जिल्लामा संक्रमितको संख्यामा मात्र कमी आएको छैन । पछिल्लो समय परीक्षण दरमा समेत कमी भएको छ । परीक्षण कम हुँदा संख्या घटे पनि संक्रमणको जोखिममा भने कमी नआएको चिकित्सकहरु बताउँछन् । ‘संक्रमणको दरमा केही कमी जस्तो देखिएपनि जोखिम कम भएको छैन्,’ डा. सन्तोष भूषाल भन्छन्, ‘केही सुखद् संकेत देखिएका छन् । अझै सचेत रहनु आवश्यक छ ।’

परीक्षण गराएकामध्ये झन्डै ५३ प्रतिशतसम्म कोभिड–१९ पोजेटिभ देखिने गरेको रुपन्देहीमा हाल त्यो दर घटेर २५ प्रतिशतमा झरेको छ ।
रुपन्देहीमा मृत्युदरमा समेत कमी आएको छ । दिनमा १३ जनासम्म मृत्यु हुने रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट दुई जनाको मृत्यु भएको छ । हालसम्म रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्या ३ सय ८८ पुगेको छ ।

हाल जिल्लामा ३ सय ३६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने ४ हजार ८ सय ५८ जना होम आइसोलसनमा रहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ