२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९का कारण ३५ वर्षीय चिकित्सकको मृत्यु

कोभिड-१९का कारण ३५ वर्षीय चिकित्सकको मृत्यु


बुटवल – कोभिड-१९ का कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा कार्यरत चिकित्सकको मृत्यु भएको छ । एमडी मेडिसियन डा. पशुपति रजौरियाको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेडिकल कलेजका प्रशासकीय अधिकृत तेज केसीले बताए ।

कपिलवस्तु घर भएका ३५ वर्षीय फिजिसियन डा. रजौरियाको युसिएमएसमा उपचार हुन नसकेपछि थप उपचारका लागि ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौं लगिएको थियो ।

उनकी श्रीमतीमा कोभिड संक्रमण देखिएको भए पनि उनी संक्रमण मुक्त भएकीछिन् ।

हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपनि चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ