२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा सम्भावित नयाँ लहरको पूर्वतयारीका विषयमा विज्ञहरुले गरे छलफल

बुटवलमा सम्भावित नयाँ लहरको पूर्वतयारीका विषयमा विज्ञहरुले गरे छलफल


बुटवल –  बुटवलमा कोभिड-१९  संक्रमणको आउनसक्ने तेस्रो र चौथो लहर सम्बन्धमा तयारी सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले आगामी लहरहरुको जोखिम र त्यसको रोकथामका लागि छलफल सुरु गरेको हो।

उपमहानगरपालिकाले पहिलो चरणमा संक्रमण आएमा के गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ । अब आउने लहरले बालबालिकालाई प्रभावित बनाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले नै पत्राचार गरेपछि बालरोग विशेषज्ञहरुसँग छलफल र विमर्श गरिएको छ ।

आउन सक्ने कोभिडको नयाँ लहरले बालबालिकालाई नै लक्षित गरेर सताउने भन्ने वैज्ञानिक आधार नभए पनि सचेत र पूर्वतयारी आवश्यक भएको विशेषज्ञहरुले बताएका छन् । खोप नलगाउँदा सम्म जनसुकै उमेर समूह पनि जोखिममा नै रहने उनीहरुको भनाई छ ।

‘बालबालिका मात्र होइन जुन सुकै उमेर समूहका व्यक्तिहरु जो खोप लगाएका छैनन्, उनीहरु जोखिममा नै हुन्छन्,’ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले भने,‘सर्वप्रथम खोपलाई सुनिश्चित गरौँ ।’

महामारी विरुद्ध बालबालिकालाई जोगाउने विषयमा विशेष प्रोट्रोकल समेत तयार भएको बलरोगसँग सम्बन्धित विशेषज्ञहरुको सञ्जाल नेपाल पेडियाट्रिक सोसाइटीमा आवद्ध डा. राजु कफ्ले बताउँछन् । ‘बालबालिका संक्रमित हुने अवस्था आएमा सोही वमोजिमको तयारी आवश्यक हुन्छ ।’ ,उनले भने ।

साधन स्रोत र जनशक्तिको व्यवस्थापनमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा विज्ञहरुको जोड छ । सार्वजनिक, निजी तथा सामुदायिक अस्पतालहरुलाई तयारी अवस्थामा रहने गरी संयन्त्र तयार गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् ।

‘महामारीको लहरले सताउने अवस्था आएमा त्यसको सामना गर्नका लागि योजना बनाउन जिल्लामा रहेका विशेषज्ञहरुसंगै छलफल सुरु भएको छ । एउटा निष्कर्ष सहित काम अघि बढ्छ ।,’ उनले भने ।

महामारी आइहाल्दा विद्यमान संरचना, साधन स्रोत र जनशक्तिले मात्रै थेग्न गाह्रो पर्न सक्ने भन्दै विशेषज्ञहरुले उपकरण र केही स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरेका छन् ।

अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको भन्दै सचेतना, सावधानी र पूर्वतयारी सँगसँगै गर्नु पर्नेमा उनीहरुको जोड छ ।

नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले केही दिन अघि सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शैया बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ