२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभालुवाङमा सुविधासम्पन्न अस्पताल बन्ने

भालुवाङमा सुविधासम्पन्न अस्पताल बन्ने


बुटवल – लुम्बिनी प्रदेशको राजधानी घोषणा भएको राप्ती उपत्यकाको भालुवाङमा सुविधायुक्त अस्पताल स्थापना हुने भएको छ । मंगलबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले भालुवाङ्गमा अस्पताल स्थापना हुने बताएका हुन् ।

त्यस्तै, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख यादवले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा समावेश गर्ने बताए । यी दुवै अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने घोषणा समेत गरे ।

उनले दाङ्गको लमहीमा आधुनिक स्तरको ट्रमा सेन्टर स्थापना गर्ने समेत बताए । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख यादवले प्रदेशका पहाडी जिल्ला प्युठान तथा गुल्मी अस्पतालमा डाइलाइसिस सेवा विस्तार गर्ने जनाए ।

गत वर्ष घोषणा गरिएको सरुवा रोगको उपचारको निमित्त संघीय सरकारसँगको सहकार्यमा कपिलवस्तुको शिवराज नगरपालिकामा बन्न लागेको विशिष्टिकृत अस्पतालको पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रमले लक्ष्य राखेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशमा सुविधा सम्पन्न प्रसुती अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ भने भीम अस्पताल भैरहवा, अर्घाखाँची अस्पताल, बर्दिया अस्पताल र नवलपरासी अस्पतालको नयाँ भवन निर्माणकार्य सुरु हुनेछ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विएसएल २ का लागि आवश्यक भौतिक संरचना निर्माण हुने नीति तथा कार्यक्रममा उल्लेख छ । थायराइड, लिपिड प्रोफाइल तथा वायोकेमेष्ट्री परीक्षण सेवा प्रदान गर्नका लागि अस्पतालहरूमा प्रयोगशालाको स्तरोन्नति हुने भएका छन् ।

त्यस्तै, जिल्लास्थित अस्पतालहरूमा दन्त सेवा, प्राथमिक आँखा उपचार सेवा, फिजियोथेरापी लगायतका आधारभूत सेवाहरू विस्तार हुने छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ