२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमताको लिक्विड अक्सिजन प्लान्टको शिलान्यास

रुपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमताको लिक्विड अक्सिजन प्लान्टको शिलान्यास


बुटवल – रुपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमता सहितको लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट रुपन्देहीको रोहिणीमा स्थापना गरिएको सो प्लान्टको शिलन्यास गरेका हुन् ।

शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थय क्षेत्रको विकासमा निजी क्षेत्र समेत सहभागी हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा नीजी क्षेत्रलाई समेत सहभागि बनाउँदै महामारीको समाना गर्न सकिने बताए ।

आइतबार शिलान्यास भएको उक्त प्लान्टले दैनिक सात हजारवटा ठूला सिलिण्डर अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने शंकर ग्यास उद्योगका म्यानेजिङ डाइरेक्टर शंकरलाल अग्रवालले बताए ।

‘हामी ठूलो परिमाणमा ग्यास उत्पादन होस् भन्ने हिसावले अघि बढी रहेका छौँ ।’ ,उनले भने ।

उनले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम भैरहेको समेत बताए । ‘हामी एक बर्षमा उत्पादन सुरु गर्ने गरी शिलन्यास गरेका छौँ । लक्ष्य भित्र नै काम हुने हामीलाई विश्वास छ ।’,उनले भने ।

उनले सरकारबाट विद्युत आपूर्तिमा सहयोग पाइएमा प्लान्टले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न सक्ने बताए । उत्पादन सुरु भएमा आवश्यक ग्यासको मागलाई धेरै हदसम्म सम्बोधन गर्न सकिने उनको विश्वास छ ।

प्लान्ट निमार्णका लागि झन्डै एक अर्वको लगानी लाग्ने छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ