२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआम्दा बुटवललाई फोटो थेरापी मेसिन सहयोग

आम्दा बुटवललाई फोटो थेरापी मेसिन सहयोग


बुटवल – रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले बालबालिकाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरणको साथै विभिन्न खेलौना सामग्री सहित रोटरी इ–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालको संरक्षणमा रहनेगरी अस्पताललाई हस्तान्तरण गरेको हो ।

क्लवले फोटो थेरापी मेसिन, एक पटकमा १३ जना बालबालिकासम्म खेल्न मिल्ने ’प्ले म्याटर’, उचाई र तौल नाप्ने मेसिनलगाएतका समाग्री हस्तान्तरण गरेको हो ।

शुक्रबार सामग्री हस्तान्तरण कार्यक्रममा बुटवल उपमहानगपालिका प्रमुख शिवराज सुवेदीले क्लवले प्रदान गरेका सामाग्रीले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले आम्दालाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको बताए ।

अस्पतालका लागि आवश्यक थप उपकरण र जनशत्तिको व्यवस्थापन हुने समेत उनले बताए । आम्दा अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न प्रदेश सरकारसँग समन्वयात्मक कार्य भैरहेको प्रमखु सुवेदीले बताए ।

बालबालिकाको उपचारका लागि आवश्यक सामग्री हस्तान्तरण अभियानकै रुपमा रहेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भट्टराईले बताए । उनले आम्दाले विशिष्टीकृत अस्पतालका रुपमा काम गरिरहेकाले छनौट गरिएको बताउँदै उनले उपकरणहरुको जतन गर्न आग्रह समेत गरे ।

क्लबका संस्थापक अध्यक्ष एजाज आलम, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा. राजेन्द्र बस्याल, रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालका अध्यक्ष डा. सन्तोष पोखरेल लगायतले बोल्दै उपचारमा सहज हुने गरी सामग्रीको व्यवस्थापन भएको बताएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ