२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकपिलवस्तु पूर्णखोप जिल्ला घोषणा

कपिलवस्तु पूर्णखोप जिल्ला घोषणा


बुटवल – लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला पूर्णखोप जिल्ला घोषणा गरिएको छ । एक कार्यक्रमकाबीच बुधबार  लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ, पूर्ण खोप समन्वय समिति लुम्बिनी प्रदेशका अध्यक्ष तथा मन्त्रालयका सचिव डा. विकास देवकोटाले संयुक्त रूपमा घोषणा गरेका हुन् ।

योसँगै लुम्बिनी प्रदेशमा पूर्ण खोप जिल्ला घाषणा हुने जिल्ला मध्ये कपिलवस्तु दशौँ हो ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये अब बर्दिया र रूकुम पूर्व मात्रै पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी छन् ।  विकासका अन्य सुचकहरुमा समेत अगाडी बढ्दै गएको कपिलवस्तु पूर्ण खोप जिल्ला घाषण भएसँगै जनस्वास्थयमा महत्वपूर्ण उपलब्धि भएको मन्त्री श्रेष्ठले बताए । ‘हिजोभन्दा आज कपिलवस्तु जिल्ला विकासका हरेक सूचांकमा अगाडि बढ्दै गएको छ । त्यसमा सरोकारवाला सवै धन्यावदाका पात्र हुनुहुन्छ’, मन्त्री श्रेष्ठले भने,‘पूर्ण खोप जिल्ला घोषणालाई सार्थक बनाउन लाग्नु पर्ने आवश्यक छ ।’

सरकारी तथा निजी क्षेत्रको सहयोगले स्वास्थ्य क्षेत्र बलियो बनाउन सकिने मन्त्री श्रेष्ठको भनाई छ । ‘सर्वपक्षीय साझेदारीमा मात्र स्वास्थ्य क्षेत्र सुदृढ हुनेछ,’ उनले भने ।

पूर्णखोप जिल्ला घोषणा भए पनि यसको सुनिष्चितताका लागि निरन्तर खटिनु पर्ने आवश्यकतामा जोड दिइएको छ । घोषणा हुनु सकारात्मक कार्य हो’, कपिलवस्तुबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले भने, ‘खोपलाई दिगोपन दिनको लागि जनचेतना फैलाइरहनु आवश्यक छ ।’

बालबालिकाले सबै खोप पाउनु निरन्तरताको लागि आधार तयार भएको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. देवकोटाले बताए । खोपको निरन्तरतामा उनले जोड दिए ।

जिल्लामा खोपका लागि जनचेतनाको आवश्यकतामा समेत जोड दिइएको छ । कपिलवस्तुमा खोप प्रति स्थानीय उदासिन देखिन्छन् । स्थानीयको सकृय सहभागिताका लागि खोप प्रतिको धारणा परिवर्तन आवश्यक रहेको जिल्ला खोप अधिकृत चिन्तामणी ज्ञवालीले बताए ।

खोपको दीगो पनाका लागि स्थानीय सरकारहरुको समन्वयकारी भूमिका महत्वपूर्ण हुने जनप्रतिनिधहरुको भनाई छ । ‘हामी जनप्रतिनिधी पनि त्यो अभियानमा लाग्नु पर्छ तव मात्र खोप प्रतिको धारणा सकारात्मक हुन्छ,’ बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारूले भने, ‘कतिपय अवस्थामा खोप लगाउनु पर्छ भन्ने ज्ञानको समेत कमि छ ।’

कपिलवस्तु जिल्ला पूर्ण खोप घोषणा हुने जिल्ला मध्ये ६० औँ जिल्ला हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ