२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड आईसीयु वार्ड आफ्नै भवनमा

लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड आईसीयु वार्ड आफ्नै भवनमा


बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आईसीयु वार्ड आफ्नै भवनमा सारेको छ । प्रादेशिक अस्पतालले बुटवलको धागो कारखानामा रहेको कोभिड—१९ अस्थायी विशेष अस्पतालबाट आईसीयु सेवा दिँदै आएको थियो । यो सँगै अस्पतालले आफ्नै भवनबाट सेवा दिन समेत सुरु गरेको छ ।

हाल २० शैय्या रहेको आईसीयु संचालनमा ल्याइएको छ । ‘अहिलेलाई २० शैय्या आईसीयु सेवासहित अस्पतालको आफ्नै भवनमा सारिएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले भने, ‘हामी अस्पतालका लागि आवश्यक शैय्या थप गर्ने योजनामा छौँ ।’

अस्पतालले ६० शैय्या बनाउने गरी काम गरिरहेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको प्रादेशिक अस्पताल विकासका लागि संघीय सरकार र प्रदेश सरकारको वित्तीय सहयोग समेत रहेको छ ।

६ वटा आईसीयु वेड र ३ वटा भेन्टिलेरबाट सेवा सुरु भएको र हाल २० वटा आईसीयु बेड तयार भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । ‘हामीसँग आईसीयुमा ६ बेड मात्र थिए । जम्मा ३ वटा भेन्टिलेटर थिए’, उनले भने, ‘कोभिड आयो । छुट्टै आईसीयु बनाउने बाध्यता प¥यो । मुख्य अस्पतालदेखि करिब ४ किलोमिटर दुरीमा रहेको बन्द धागो कारखानालाई उपयोग गरेर द्रुत गतिमा अस्थायी (३६ बेडको) जनरल आइसोलेसन सुरु गरियो । ८ बेडको आईसीयु र पछि १८ बेडसम्म विस्तार गरियो ।’

लुम्बिनी प्रादेशिक अस्पतालमा २० बेडको आईसीयु बनाइएको छ । त्यसलाई अहिले कोभिड आईसीयुका रूपमा प्रयोग गरिने डा. खनालले बताए । उपचारको ब्यवस्थापनलाई सजिलो बनाउंदै जाने उनको भनाइ छ । हाल लुम्बिनी प्रादेशिक अस्पतालमा २४ वटा भेन्टिलेटर छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #कोभिड आईसीयु, #डा. राजेन्द्र खनाल, #लुम्बिनी प्रादेशिक अस्पताल, #सुर्यबहादुर भट्टराई


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ