२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशद्वारा २१ वटा प्रोटेबल अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

लुम्बिनी प्रदेशद्वारा २१ वटा प्रोटेबल अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण


बुटवल – लुम्बिनी प्रदेश सरकारले झन्डै १ करोड ७२ हजार मुल्य बराबरको २१ वटा प्रोटेबल अल्ट्रासाउण्ड मेसिन स्वास्थ्य सँस्थालाई हस्तान्तरण गरेको छ । प्रदेशका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले बुधबार एक कार्यक्रमकाबीच २१ वटा प्रोटेबल अल्ट्रासाउण्ड मेसिन अस्पताल, स्वास्थ्यचौकी तथा स्वास्थ्य केन्द्रलाई हस्तान्तर गरेका हुन् ।

ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परीक्षण र त्यसको नतिजाको आधारमा उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले प्रदेशअन्तर्गतका १२ जिल्लाहरुका विकट क्षेत्रहरुलाई लक्षित गरी प्रोटेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको हो । ।

रुपन्देहीको सियारी गाउँपालिकामा रहेको स्वास्थ्य चौकी, प्युठानको ओखरकोट प्राथमिक स्वास्थ्य केन्द्र, गुल्मीको काली गण्डकी गाउँपालिकामा रहेको स्वास्थ्य चौकी, पाल्पाको मदनपोखारा स्वास्थ्य चौकीलगायत २१ वटा स्वास्थ्य संस्थाका लागि मेसिन प्रदान गरिएको हो ।

प्रदेश स्वास्थ्य तालिम केन्द्रले ७ लाख २५ हजारका दरले खरिद गरेको २१ वटा अल्ट्रासाउन्ड मेसिन ग्रामीण क्षेत्रका लागि दिइएको छ । ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न र स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन सहज होस भन्ने लक्ष्य प्रदेश सरकारको छ ।

उक्त मेसिनले महिलाको गर्भमा समस्या भएमा समयमै पत्ता लाग्न सजिलो हुने स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले बताए । ‘यो अल्ट्रासाउण्ड मेसिन झोलामा बोकेर हिड्न मिल्ने हुन्छ, ‘उनले भने, ‘यसले ग्रामीण क्षेत्रमा उपचारमा अति उपयोगि हुनेमा प्रदेश सरकार विश्वस्त छ ।’

गर्भवती महिलालाई लक्षित गरेर प्रदान गरिएका मेसिनको उपयोगिताले मातृ तथा वाल मृत्यु दरमा कमी आउने आशा गरिएको छ । गर्भवती महिलाको पेट छामेर बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनु पर्ने अवस्थाको अन्त्य हुनेमा प्युठानको ओखरकोट प्राथमिक स्वास्थ्य केन्द्रका सुशील मानन्धरको विश्वास छ ।

प्राविधिक कर्मचारीको सरूवा हुँदा प्रोटेबल अल्ट्रासाउण्ड मेसिन भने सम्बन्धित केन्द्रमा नै रहनेछ । मेसिनको प्रयोग विधिका बारेमा २१ दिनसम्म प्राविधिकहरुका लागि अभिमुखिकरण समेत गरिएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #प्रोटेबल अल्ट्रासाउण्ड मेसिन, #लुम्बिनी प्रदेश सरकार, #स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ