२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबौद्ध विश्वविद्यालयमा मुटुरोग स्वास्थ्य शिविर

बौद्ध विश्वविद्यालयमा मुटुरोग स्वास्थ्य शिविर


बुटवल – लुम्बिनी बौद्ध विश्वविद्यालयले मुटुरोग स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । विश्वविद्यालयको १७ औं विश्वविद्यालय दिवसको अवसरमा मंगलबार लुम्बिनीमा मुटुरोग स्वास्थ्य शिविर आयोजना गर्न लागेको विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले जनाकारी दिए ।

विश्वविद्यालय परिषरमा हुने एक दिने शिविरमा गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालको सहकार्यमा हुने स्वास्थ्य शिविरमा मुटुरोगसहित पेट, छात्ति तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरु सहभागि हुनेछन् । शिविरमा सेवा र आवश्यक औषधी समेत निशुल्क वितरण गरिने उनले बताए ।

०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउदैछ । सोहि अवसरमा पहिलो दिन सोमबार रक्तदान पनि  गरिनेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ