२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशवडा-वडामा स्वास्थ्य सेवासहितको एकीकृत घुम्ती शिविर

वडा-वडामा स्वास्थ्य सेवासहितको एकीकृत घुम्ती शिविर


बुटवल—पाल्पाको पूर्वखोला गाउँपालिकाले वडा—वडामा स्वास्थ्य सेवासहितको एकीकृत घुम्ती शिविर संचालनमा ल्याएको छ । जसअनुसार स्वास्थयसँग सम्वन्धित उपचारात्मक सेवाहरु समावेश गरिएको छ । प्राथमिक उपचार र प्रर्वद्धनात्मक उपचार पद्धतिलाई बढी जोड दिइने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

जनप्रतिनिधिहरुको नेतृत्वमा गाउँपालिकाका हरेक घरमा सेवा सुचारु गर्ने गरी शिविर संचालन भएको उनले बताए । अध्यक्ष थापाका अनुसार शिविरमा नेपाल सरकारले उपलव्ध गराएका औषधि सहितको परार्मश सेवा समेत वितरण गरिने छ ।

‘हामी जनताको स्वास्थ्यको विषयमा गम्भीर छौँ । अन्य सेवाहरु एकीकृत रुपमा संचालन गर्दा स्वास्थय क्षेत्रलाई पनि प्राथमिकताका साथ व्यवस्थापन गरेका छौँ’, उनले भने, ‘यसले सकारात्मक परिणाम ल्याउने छ भन्ने अपेक्षा राखेका छौँ ।’

गाउँपालिकाले वडा वडामा पुगेर स्वास्थ्य शिविरसँगै अन्य सेवाहरु समेत दिइनेछ । कोभिड—१९ को सक्रमणसँगै जनतालाई पालिकाको केन्द्रसम्म पुग्न समेत कठिन भइरहेको समयमा पालिकाले प्रदान गर्ने सबै कसिमका सेवा सुविधासहित वडा—वडामा पुगेर घुम्ति शिविर संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । एकीकृत घुम्ती सेवालाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ