२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा फागुनसम्म सबैले खोप पाउने स्वास्थ्यमन्त्री थारुको दावी

लुम्बिनी प्रदेशमा फागुनसम्म सबैले खोप पाउने स्वास्थ्यमन्त्री थारुको दावी


बुटवल – लुम्बिनी प्रदेशमा झण्डै ८५ प्रतिशतलाई कोभिड-१९ विरुद्धको पहिलो खोप लागाइएको प्रदेश सरकारले दावी गरेको छ । दुवै मात्रा खोप लगाउनेको भने ७० प्रतिशत रहेका छन् ।

प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई पहिलो डोज खोप दिने तयारी गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारू बताउँछन् । ‘फागुन सम्ममा सवैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको छ’, मन्त्री थारुले भने, ‘हाल सम्म ८५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् । बालबालिकालाई समेत खोप दिने तयारी प्रदेश सरकारले गरेको छ ।’

अझै पनि प्रदेशका तराई क्षेत्रमा र उच्च पहाडी क्षेत्रमा खोप प्रति नागरिकको चेतनाका कारण पूर्णखोप अभियानमा समस्या हुने गरेको सरकारको बुझाइ छ । स्थानिय तहको संवन्यमा नागरिकलाई खोजि खोजि खोप लगाउने प्रदेश तयारी गरिरहेको मन्त्री थारुले बताए । जिल्लामा नियमित खोप लगाउने केन्द्रको स्थापना गरि खोप लगाउने योजना रहेको उनी बताउँछन् ।

प्रदेश सरकार ‘एक्सन’मा जान नसकेको स्थानीयहरुको गुनासो छ । प्रदेश सरकारले योजना मात्र बनाउने तर महामारीमा समेत देखिने गरी काम नगरेको तिलोत्तमा ४ का गोपाल खनाल बताउँछन् । ‘प्रदेश सरकारले महामारीका लागि खासै काम गरेको जस्तो लाग्दैन । जनतालाई केन्द्रमा राखेर महामारीका बेला काम गर्न सके राम्रो हुने थियो,’ उनी भन्छन्

प्रदेश सरकारले समन्वयकारी भूमिका खेल्न नसकेकामा आलोचना समेत हुने गरेको छ । नागरिक समाज, स्थानिय तह, सरकारी तथा गैर-सरकारी संस्थाको सहयोगमा माहामारी नियन्त्रणलाई गर्नु पर्नेमा सरकार हराइरहेको पुर्व स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोज प्रसाद श्रेष्ठ बताउँछन् । ‘लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भिर देखिएन । नागरिकलाई खोप लगाउने देखि कोभिड नियन्त्रण तथा व्यवस्थापन गर्न र स्थानिय पालिकासंग सम्वन्य गर्नमा समेत सरकार चुकिरहेको छ,’ उनले भने, ‘त्यति मात्र होइन सरकार त कर्मचारी परिचालनमा समेत उदासिन देखियो ।’

प्रदेश सरकारले महामारीमा निजी स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरुलाई उपेक्षा गरेको गुनासो समेत आउने गरेको छ । ‘कोभिडको यस्तो महामारीमा पनि सरकारले निजि क्षेत्रलाई दिने सहुलियत दिएन,’ लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेलले भने ‘निजि मेडिकल कलेजसँग जनशक्ति हुँदा कोरोना खोप केन्द्रको रूपमा पनि निजि मेडिकल कलेजसँग सहकार्य नहुनु दुखद पक्ष हो ।’

राजनीतिक दलहरु कै कारण कोरोना भाइरस संक्रमणको तेस्रो लहर आएको मानवअधिका कर्मीहरुको बुझाइ छ । मानवीय स्वास्थमा राजनीतिक दल नै संवेदनशील नहुनु दुखद पक्ष भएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल बताउँछन् । कोरोना नियन्त्रण, व्यवस्थापन तथा पुर्व तयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप उनको भनाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ