२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशको रुपन्देहीमा होल्डिङ्ग सेन्टर निर्माण कार्य सुरु

लुम्बिनी प्रदेशको रुपन्देहीमा होल्डिङ्ग सेन्टर निर्माण कार्य सुरु


कोभिड-१९ संक्रमणको उच्चजोखिममा रहेको लुम्बिनी प्रदेशको रुपन्देहीमा होल्डिङ्ग सेन्टर निर्माण कार्य सुरु भएको छ । प्रदेशका तीन जिल्ला कपिलवस्तु, रुपन्देही र बाँकेमा होल्डिङ्ग सेन्टरनिर्माण गर्ने योजनाअनुरुप काम सुरु भएको हो ।

अन्य जिल्लाहरुमा कामजारी रहे पनि रुपन्देहीमा जग्गाअभावका कारण काम सुरु हुन सकेको थिएन । सेन्टर निर्माणका लागि संघीय सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । संझौताअनुसार रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीन स्थानमाहोल्डिङ सेन्टर निर्माणको काम गर्ने निर्णय भएको थियो ।

संक्रमणको पहिलो र दोस्रो लहरमा रेड जोनमा रहेको कपिलवस्तुमा८२ प्रतिशतभौतिककाम सम्पन्नभएको नेपाली सेनाले जनाएको छ । त्यस्तै, कपिलवस्तुमा बन्दै गरेको सेन्टरमा५५ प्रतिशत आर्थिक प्रगति भएको छ । उता, प्रदेशको पश्चि जिल्ला बाँकेमा होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

बाँकेको जमुना हानाकामा एक हजार क्षमताको सेन्टर बनेको र अहिले ३०० जना राख्न सकिने अवस्थामा पुगिसकेको सेनाको भनाई छ । बेलहीयानाका पर्ने रुपन्देहीजिल्लामा भने जग्गा व्यवस्थापन नहुँदा होल्डिङ सेन्टर निर्माण कार्य रोकिएको थियो । संक्रमितहरुलाई राख्ने स्थान अभाव हुँदा भाइरस संक्रमण देखिए पनि होल्ड गर्न सक्ने अवस्था छैन् । सेन्टर निर्माणका लागि सिद्धार्थ नगर नगरपालिका–२ स्थित करिब दुई बिघाजग्गा सिफारिस गरेर रक्षामन्त्रालय र नेपाली सेनालाई पत्राचार गरेसँगै होल्डिङ्ग सेन्टर निर्माण प्रक्रिया अघि बढेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीकाअनुसार जग्गा व्यवस्थापन भएपछि काम अघि बढाउन भन्दै गृह र नेपाली सेनालाई पत्राचार गरिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्वर २ मा बन्ने होल्डिङ सेन्टरमा एक हजार जना अट्ने छन् । आवश्यकभौतिक सुविधा सहितको सेन्टर निर्माण हुने तिवारी बताउँछन् ।

प्रदेशमा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ । भारतीय बजारबाट निर्वादरुपमा रुपन्देहीको सीमानाका बेलहीया हुँदै आवतजावत गर्नेहरुमा समान्य चेकजाँच गरी छाडिने गरिएको छ । हाल्डिङ्ग सेन्टरको अभावमा संक्रमण देखिएकाहरुलाई समेत छाडिने गरिएकोले संक्रमण फैलने जोखिम उच्च हुने गरेको छ ।

सीमित जनशक्तिका कारण पनि नाकामा हुने चेकजाँच प्रभावकारी हुन सकेको छैन् । भने, होल्डिङ्ग सेन्टर नहुँदा संक्रमित समेतलाई जनस्वास्थ्यका सावधानी अपनाउन भनेर छाडिने गरिएको बेलहीया नाका हुँदै नेपालआउनेहरु बताउँछन् ।

‘हामी लखनउबाट आएका हौँ, सिमामा खासै राम्रोसँग चेक भएन । यसो जाँचे जस्तो गर्नु भयो र ख्याल गर्नुहोला भन्नुभयो र जानुस् भन्नुभयो, ’भारतको लखनउमा बस्दै आएकाअर्घाखाँची भूमिका स्थान घर भएका माध वबन्जाडेले भने, ‘खासै ध्यान दिएर चेक गरे जस्तो त मलाई लागेन।’

होल्डिङ्ग सेन्टर निर्माणकार्यमा धेरै नै ढिला भइसकेको कतिपयको बुझाई छ । संक्रमण उच्चविन्दुमा हुँदा र संक्रमितहरुलाई राख्नको लागि समय मै सेन्टर निर्माण हुनुपर्नेमा स्वास्थयकर्मीहरु नै जोड दिन्छन् । ‘होल्डिङ्ग सेन्टर अहिले चाहिएको छ । बल्लकाम सुरु हुँदैछ भन्ने सुनेको हो । अब सुरु गरेर कहिले बन्ने होला । बन्ने समयसम्म महामारीको अवस्था के हुने हो ?, ‘स्वास्थ्यकर्मी जमुनाअधिकारी भन्छिन्, ‘यस्ता काम त समय मै गर्नु पर्छ नि।’


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ