२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशअन्तर्गतका २० वटा अस्पताल विकास समितिहरूमा नयाँ नेतृत्व

लुम्बिनी प्रदेशअन्तर्गतका २० वटा अस्पताल विकास समितिहरूमा नयाँ नेतृत्व


बुटवल—लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गतका २० वटा अस्पताल विकास समितिमा नयाँ नियुक्ति गरेको छ । यो सँगै लामो समयदेखि नेतृत्वबिहिन रहेका अस्पतालहरूले नयाँ नेतृत्व पाएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकबाट अस्पताल विकास समितिका पदाधिकारी नियुक्त गर्ने व्यवस्थाअनुरुप नेतृत्व नियुक्त गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । ‘अस्पतालहरूलाई थप व्यवस्थित र जनमुखी बनाउन विकास समितिहरु सक्रिय हुनेछन्,’ उनले भने । सरकार परिवर्तन भएसँगै अस्पतालहरु नेतृत्वबिहीन भएका थिए । प्रदेश सरकार गठन भएको लामो समयपछि अस्पतालहरुले नेतृत्व पाएका हुन् ।

जसअनुसार अर्घाखाँची अस्पताल विकास समितिमा कृष्णप्रसाद खनाल, कपिलवस्तु तौलिहवा अस्पतालमा शिवलाल यादव, रामपुर अस्पतालमा रामप्रसाद ढकाल, प्युठान अस्पतालमा पितबहादुर महतरा क्षेत्रीलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रप्रसाद श्रेष्ठ, भिम अस्पताल भैरहवा अस्पतालमा कुलप्रसाद न्यौपाने, रुकुम पूर्वमा रहेको अस्पतालको जिम्मेवारी गणेश ओलीलाई दिइएको छ भने गुल्मी अस्पतालमा भरत पाण्डेलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, बर्दिया अस्पताल विकास समिति अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पतालमा फविन्द्र आचार्य, पाल्पा अस्पतालमा नेत्र पाण्डेलाई नेतृत्वमा ल्याइएको छ ।

नेतृत्वबिहीन रहेका आयुर्वेद अस्पतालहरूमा पनि प्रदेश सरकारले जिम्मेवारी तोकेको छ । जसअन्तर्गत बर्दिया आयुर्वेद अस्पतालमा कृष्णप्रसाद अहिर अध्यक्षमा नियुक्त भएका छन् । पृथ्वीचन्द्र अस्पताल नवलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्तालाई नियुक्त गरेको छ ।

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेनमा कलम रायमाझी, कपिलवस्तु आयुर्वेद अस्पतालमा विष्णुप्रसाद भट्टराई, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा विष्णुप्रसाद आचार्य अध्यक्ष चयन भएका छन् । रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कुप्रसाद न्यौपानेले जिम्मेवारी पाएका छन् । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिमा धर्मराज पाण्डे रहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ