२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’

लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’


बुटवल—गृहमन्त्री बालकृष्ण खाँणले स्वास्थ्य क्षेत्रमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताएका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निर्माण हुने १५ शैय्याको अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाँणले पालिकाहरुमा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास भइरहेको बताए ।

उनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा सुविधासम्पन्न अस्पतालको निर्माणले यस क्षेत्रका उत्पीडित समुदाय सबैभन्दा बढी लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘अस्पताल बनेपछि यहाँका सवै नागरिकले लाभ त लिनुहुन्छ नै तर अझ बढी तल्लो वर्गले लाभ लिनेछ,’ उनले भने ।

अस्पतालको शिलान्यासका क्रममा गृहमन्त्री खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए । ‘अस्पतालका लागि आवश्यक बजेटमा कमी हुने छैन । त्यसका लागि म निरन्तर क्रियाशील हुनेछु,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ