२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशग्रामीण क्षेत्रका लागि कतार च्यारिटीले दियो ८ एम्बुलेन्स

ग्रामीण क्षेत्रका लागि कतार च्यारिटीले दियो ८ एम्बुलेन्स


बुटवल—लुम्बिनी प्रदेशका ग्रामीण क्षेत्रको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आठ वटा एम्बुलेन्स संचालनमा आएका छन् । कतार च्यारिटीले आठ वटा सरकारी स्वास्थ्य संस्थाहरुले संचालन गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेश र लुम्बिनी एकीकृत विकास संस्था कपिलवस्तुको सहकार्यमा राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ बमोजिम ‘ख’ वर्गको मापदण्ड पूरा भएका एम्बुलेन्सहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।

ग्रामीण भेगहरुमा अस्पतालहरुको पहुँच टाढा हुँदा बर्षेनी प्रसुतीका बेला महिलाहरु तथा आकस्मिक घटनाका बेला समयमा उपचार नपाएर अकालमा ज्यान गुमाउने संख्या बढेको भन्दै च्यारिटीले आठ वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो । स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, लुम्बिनी प्रदेशसँग भएको सम्झौता र समाज कल्याण परिषद्बीच भएको परियोजना सम्झौता बमोजिम एम्बुलेन्सहरु प्रदान गरिएको छ ।

च्यारिटीले गुणस्तरीय शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ र मानवीय सहायताजस्ता क्षेत्रहरुमा काम आएको छ । यसअघि भैरहवा र बुटवलमा पिसिआर ल्याबका उपकरण तथा आईसीयु तथा अपरेसन थिएटरका लागि उपकरण सहयोग गरेको थियो ।

यी एम्बुलेन्स प्रदेशअन्तर्गतका कुन–कुन स्वास्थ्य संस्थालाई दिने भन्ने बारेमा मापदण्ड तयार गरी प्रदान गरिनेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ