२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश५ अर्ब बढीमा निर्माण हुने लुम्बिनी प्रादेशिक अस्पतालको १० तले नयाँ भवनको विवादित टेण्डर रद्द

५ अर्ब बढीमा निर्माण हुने लुम्बिनी प्रादेशिक अस्पतालको १० तले नयाँ भवनको विवादित टेण्डर रद्द

ठेक्कामा मिलेमतो भएको स्वीकार्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिईओले दिए राजीनामा


बुटवल—प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको विवादित टेण्डर रद्द भएको छ । १२ सय शैयाको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐन बमोजिम सोमबारको निर्णयअनुसार रद्द गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले जानकारी दिए ।

विवादित टेण्डरबारे उच्च अदालत दाङमा मुद्दा परेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरु परेको थियो । नीतिगत रुपमै टेण्डरमा अन्य पक्षको सहभागिता हुनै नसक्ने गरी स्पेशिफिकेशन निर्माण भएको भन्दै सूचना बाहिरिएको थियो । स्पेशिफिकेसनको मापदण्डले जेआईईसी रसुवा र शर्मा जेभीबाहेक अरु सहभागी हुन नपाउने अवस्था सिर्जना हुने गरी टेण्डर आह्वान भएको थियो ।

सोही बमोजिम टेन्डरमा पनि रमेश शर्माको जेडआईईसी–शर्मा र रसुवाका मोहन आचार्यको रसुवा जेभी मात्र टेण्डरमा सहभागी भएका थिए । धेरै कम्पनीबीच प्रतिस्पर्धा हुन नसक्दा ५ अर्बभन्दा बढीको ठेक्कामा राज्यलाई डेढ अर्ब रुपैयाँ नोक्सान हुने देखिएकाले टेण्डर रद्द गराएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए ।

निजी क्षेत्रका डबल बेसमेन्ट अस्पताल बनाएका निर्माण कम्पनीहरुलाई समेत ठेक्का प्रक्रियामा भाग लिन नपाउने गरी बोलपत्र आह्वान भएको ठहर सार्वजनिक खरिद अनुगन कार्यालयले गरेको थियो ।

स्फेशिफिकेशनमा १० जना अट्ने लिफ्ट, २ तले अण्डरग्राउण्ड निर्माणको अनुभव, ठेकदारले काम गरेको सरकारी अस्पतालको कार्य अनुभवलगायतका विषय राखिएको थियो । प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार १२ सय शैयाको १० तलाको अस्पताल भवनको माथि हेलिप्याड र हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्टसमेत बनाउने तयारी छ ।

टेण्डर प्रक्रिया नै विवादमा परेपछि लुम्बिनी प्रदेश विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ)  राजीनामा दिएका छन् । उनले भवन निर्माण ठेक्काको मिलेमतो स्वीकार्दै राजीनामा दिएका हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ