२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलालमटिया स्वास्थ्य चौकीलाई ५० शैय्याको अस्पतालमा स्तरोन्नती गरिने

लालमटिया स्वास्थ्य चौकीलाई ५० शैय्याको अस्पतालमा स्तरोन्नती गरिने


बुटवल—दाङको भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीलाई ५० शैय्याको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । स्थानीय जनतालाई स्वास्थ्य सेवा सहज रुपमा उपलव्ध गराउने उद्देश्यले स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्नका लागि लुम्बिनी प्रदेश सरकारले नेपाल सरकारसँग सिफारिस गरेको हो ।

सोमबार प्रदेश सरकारले गरेको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लालमटिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने निर्णय भएको प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।

जसका लागि प्रदेश सरकारले नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै प्रदेश सरकारले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ समेत स्वीकृत गरेको छ ।

प्रदेश मन्त्रिपरिषद बैठकले निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८, स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै निःशुल्क रक्तसञ्चार व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ समेत स्वीकृत भएको छ । यो निर्देशिकाले विशेष आर्थिक सुविधा दिन थप सहज हुने प्रवक्ता शर्माले बताए ।

बैठकले प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ