२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशऔषधी व्यवसायी प्रति सरकार उदासीन भयो : अध्यक्ष श्रेष्ठ

औषधी व्यवसायी प्रति सरकार उदासीन भयो : अध्यक्ष श्रेष्ठ


बुटवल – सरकारले औषधी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या उत्पन्न हुने गरेको व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले सरकारले नीतिगत रुपमा सुधार ल्याउनु पर्नेमा सरकार उदासीन देखिएको भन्दै सरकारलाई सचेत गराए  ।

रुपन्देहीमा शुक्रबार भएको औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १४ वर्ष पुरानो औषधी निर्यातको मूल्य कायम हुँदा आफूहरु समस्यामा परेको दुखेसो गरे ।

निजी क्षेत्रबाट आफूहरु औषधी व्यवसायलाई मर्यादित र उत्तरदायी बनाउन अग्रसर भएपनि सरकारको ध्यान नगएको उनको भनाई छ । देशभर औषधीको मूल्यमा एकरुपता ल्याउने र सहि ढंगले पु-याउने काम गरेको बताउँदै उनले करिब ५५ देखि ६० अर्ब रुपैयाको वार्षिक व्यापार गर्ने व्यवसायी प्रति सरकार उदासिन भएको बताए । नविकरणको समयावधीलाई बढाएर पाँच वर्ष बनाउनुपर्ने माग समेत उठेको छ ।

लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवालीले संवेदनशील औंषधीको कारोबार गर्ने व्यवसायीहरुलाई धेरै चुनौतीहरु रहेको बताए । संघमा सदस्यता बढाउन विशेषरुपमा लाग्नुपर्ने भन्दै संस्था फुटाउने तत्वहरु प्रति सचेत हुनुपर्ने बताए । आयात, थोक र खुद्रा ३ प्रकारका व्यवसायीहरुलाई मिलाएर अघि बढाउनुपर्ने सुझाव दिए । प्रादेशिक स्तरमा गठन भएका संस्थालाई क्रियाशिल गराउन केन्द्रबाट नै आवश्यक निर्देशन र सहयोग जरुरी रहेको उनले बताए ।

संघमा रहेका व्यवसायीहरुको क्षमता विकास र दक्षता अभिवृद्धि गर्ने रुपमा तालिमहरु गर्ने, व्यवसायीहरुको ईन्सुरेन्सका विषयहरु तथा फुड सब्लिमेन्टको विक्रिवितरणमा समेत समस्या रहेको व्यवसायीहरुको गुनासो रहेको छ । सर्जिकल व्यवसायका कारण आफूहरु मर्कामा परेको भन्दै मुल्यको विषयमा गम्भीर हुनुपर्ने उनीहरुको  तर्क छ ।

स्वस्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद गिरीले समस्याको समाधानका लागि निर्देशनालयले काम गरिरहेको बताए । लुम्बिनी प्रदेशभर ३ हजार बढि व्यवसायी संघमा आबद्ध छन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ