२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरीमा भूकम्पका घाइतेहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा

भेरीमा भूकम्पका घाइतेहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा


नेपालगन्ज—भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा दिन थालिएको छ छ । जिल्ला आपत्तकालीन कार्यसंचालक केन्द्र बाँकेकाअनुसार मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग जनशक्ति व्यवस्थापन गरिएको छ ।

भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते शारीरिक चोट र परिवारका सदस्यहरु गुमाएका बिरामी, परिवार र कुरुवाहरुका लागि मनोसामाजिक परामर्श र उपचार गर्न मानसिक रोग विशेषज्ञ र मनोसामाजिक परामर्श तालिम प्राप्त २ जना चिकित्सक र १ जना नर्सको ब्यवस्था गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लीला देवकोटा र डा. प्रदीप रेग्मी रहेका छन् । यसैगरी, मनोसामाजिक परामर्शदाताका रुपमा कमला डाँगीले जिम्मेवारी पाएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ