२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश६ बुँदे सहमतिपछि युनिभर्सल मेडिकल कलेजको आन्दोलन टुंगियो, प्रिन्सिपललाई पदमुक्त गरिने

६ बुँदे सहमतिपछि युनिभर्सल मेडिकल कलेजको आन्दोलन टुंगियो, प्रिन्सिपललाई पदमुक्त गरिने


भैरहवा—प्रा.डा. लक्ष्मी पाठकलाई युनिभर्सल मेडिकल कलेजको प्रिन्सिपलबाट हटाउनेसहितका ६ बुँदे सहमतिपछि युनिभर्सल मेडिकल कलेजमा जारी आन्दोलन टुंगिएको छ । कलेज व्यवस्थापन प्रिन्सिपल प्रा.डा. पाठकलाई पदमुक्त गर्न सहमत भएपछि एक महिनादेखि विद्यार्थीहरुले जारी राखेको आन्दोलन फिर्ता लिएका छन् ।

२२ असोजमा विद्यार्थीहरुले नयाँ लागु गरिएको ड्रेस कोडमा असहमति जनाउँदैं आन्दोलन सुरु गरेका थिए । उक्त आन्दोलनका क्रममा उनीहरुले  पठनपाठन र अस्पतालको सेवामा अवरोध गरेका थिए ।

एक महिनापछि मेडिकल कलेज व्यवस्थापन र विद्यार्थीबीच ६ बुँदे सहमति भएको हो । यससँगै मेडिकल कलेजमा पठनपाठन र उपचार सेवा नियमित हुने भएको छ ।

सहमतिमा प्राचार्य प्रा.डा. आचार्यलाई पदमुक्त गर्ने र नयाँ प्राचार्य नियुक्त गर्ने, विद्यार्थीको सवालमा दीर्घकालीन प्रभाव पार्ने निर्णय एकेडेमिक काउन्सिलले गर्ने, स्टुडेन्ट वेलफेयर कमिटीलाई अद्यावधिक गर्ने, नयाँ ड्रेस कोड विभागी प्रमुखहरुको बैठक बसी विद्यार्थीहरुको सहजतालाई मध्यनजर गरी लागु गर्ने, स्टाइपेनको सम्बन्धमा अध्ययन गरी रकमसहित १५ दिनभित्र रिपोर्ट पेश गर्ने उल्लेख छ ।

यसैगरी, मेडिकल कलेज व्यवस्थापन र विद्यार्थीबीच आन्दोलनको विषयलाई लिएर कलेजले भोलिका दिनमा विद्यार्थीबाट पूर्वाग्रही व्यवहार नगर्ने, मुल्यांकनमा भेदभाव नगर्ने र सिकाइ अवधिलाई वैज्ञानिक तथा उपलब्धिमूकल बनाउने कुरालाई मुख्य प्राथमिकतामा राख्दैं अनावश्यक एक्स्टेन्स नलगाउने र इन्टर्नसीप सम्बन्धीका नेपाल मेडिकल काउन्सिलको प्रावधानअनुसार गर्ने सहमति पत्रमा छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ